Comments Add Comment

सावधान ! फेसबुकमा यस्तो पोष्ट गर्दा जेलको हावा खानुपर्ला


फेसबुकको माध्यमबाट हामी एकअर्कामा निकै सजिलोसँग जोडिन्छौँ । दिनहुँ हुने घटनाहरु सोसल मिडियामा अपडेट गरिरहन्छौँ ।

तर के तपाइँले कहिल्यै सोच्नुभएको छ कि यही फेसबुक पोष्ट हाम्रा लागि समस्या बनेर पनि खडा हुनसक्छ । समस्या पनि सानो होइन, सीधै जेल पूर्याउने ।

विश्वका विभिन्न देशमा घटेका केही यस्ता घटनाको बारेमा जानौं, जसका कारण फेसबुक प्रयोगकर्ता जेल जानुपरेको थियो ।

 

पूर्वपत्नीलाई फेसबुकमा ट्याग गर्दा

अमेरिकाका मारिया गोन्जालेजले जनवरी २०१६ मा आफ्नी पूर्वपत्नी मेरिबेल काल्ड्रेनको बेइज्जती गर्दै एक फेसबुक पोष्ट गरे र त्यसमा मेरिबेललाई पनि ट्याग गरे । फेसबुक पोष्टमा उनले पूर्वपत्नीलाई बेवकुफ भन्दै उनको परिवार सधैंको दुःखी रहेको बताएका थिए ।

सोही गाली बेइज्जतीका कारण उनीमाथि पूर्वपत्नीले मुद्दा हालिन् र गोन्जालेजलाई सम्बन्ध विच्छेदसँग सम्बन्धित नियम तोडेको आरोपमा १ वर्षको जेल सजाय सुनाइयो ।

बच्चालाई झ्यालबाहिर झुन्ड्याउँदा


गत जून महिनामा अल्जेरियामा एक व्यक्तिले उसको फेसबुक पोष्टका कारण दुई वर्षको जेल सजाय पाए । ती व्यक्तिले आफ्नो बच्चालाई घरको झ्यालबाट बाहिर झुन्ड्याएर फोटो खिचेर त्यो फोटो फेसबुकमा अपलोड गरेका थिए । फेसबुक पोष्टमा उनले लेखेका थिए – मलाई १ हजार लाइक चाहिन्छ, नत्र यसलाई तल खसाइदिन्छु ।

फेसबुकमा यो फोटो भाइरल बन्यो । धेरैले कडा विरोध गरे र उनीमाथि बालबालिकामाथि दुव्र्यवहार गरेको अभियोग लाग्यो । अन्ततः उनले २ वर्ष जेलको हावा खानुपर्यो ।

फ्रेण्ड रिक्वेस्टले न्यायाधिशलाई जेल पुर्‍यायो


६ वर्ष पहिले बेलायतकी एक न्यायाधीश जोआना फ्रेलले एक आरोपीलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाइन् ।

अभियु्क्तलाई फ्रेण्ड रिक्वेस्ट पठाउनु ती न्यायाधीशलाई निकै महंगो सावित भयो । जसका कारण उनले ८ महिनाको जेल सजाय पाइन् ।

वास्तवमा जेमी स्टिवर्ट नामका अभियुक्तमाथि लागूऔषधको मुद्दा चलिरहेको थियो । बेलायतमा यस्तो पहिलोपटक भएको थियो, जहाँ कोही पनि मानिस फेसबुककै कारण जेल जानुपर्यो ।

फेसबुक कमेन्टका कारण राजद्रोहको मुद्दा

यो घटना थाइल्याण्डको हो । मे २०१६ मा ४० वर्षकी पटरानी चंकिजमाथि राजद्रोहको मुद्दा लाग्यो । उनले थाइल्याण्डको राजतन्त्रवादी सरकारको विरुद्धमा लेख्ने अभियानकर्मीसँग फेसबुकको प्राइभेट मेसेजमा सहमति जनाउने शब्दको प्रयोग गरेका थिए । जसको अर्थ हुन्छ थ्भक । सोही कारण उनीमाथि राजद्रोहको मुद्दा लाग्यो । गत जनवरीमा थाइल्याण्डका एक अर्का व्यक्तिलाई फेसबुकमा थाइ सरकार विरुद्ध अपमानजनक कमेन्ट गरेको अभियोगमा ११ वर्षको सजाय सुनाइएको छ ।

त्यसैले फेसबुक पोष्ट गर्नुअघि यी कुरामा ध्यान दिऊँ

· यदि तपाईंको कुनै साथीमाथि अदालतमा कुनै मुद्दा चलिरहेको छ भने फेसबुकको माध्यमबाट ऊसँग त्यस विषयमा कुनैपनि जानकारी नमागौं ।

· कुनै मुद्दा मामिलासँग जोडिएका न्यायाधीशसँग सम्पर्क गर्ने कोसिस नगरौं वा त्यो मामिलासँग सम्बन्धित जानकारी फेसबुकमा माग्ने प्रयत्न नगरौं ।

· फेसबुकमा कुनै पनि व्यक्तिलाई अभियुक्त सावित गर्ने खालका कुरा नलेखौं । किनकि जबसम्म कुनै व्यक्तिमाथिको आरोप अदालतबाट प्रमाणित हुँदैन तबसम्म ऊ निर्दोष नै हुन्छ ।

· कसैको पक्ष वा विपक्षमा अनावश्यक कुरा नलेखौं ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment