Comments Add Comment

काठमाण्डौमा ‘अफ्रिका फिल्म फेस्टिभल’ सुरु


काठमाण्डौको रसियन कल्चरल सेन्टरमा सोमबारबाट ‘छैटो नेपाल अफि्रका फिल्म फेस्टिभल-२०१७’ सुरु भएको छ । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो महोत्सवको सोमबार उद्घाटन गरेका छन् । सोमबारबाट सुरु भएको यो महोत्सव वुधबारसम्म चल्नेछ ।

कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्मद्धारा आयोजित सो फेस्टिभलमा सो कलेजकी प्रिन्सिपल एवं यस फेस्टिभलकी निर्देशक डा. मञ्जु मिश्रले अफ्रिकालाई अफ्रि की लेन्सबाटै हेर्नपर्छ भन्ने उदेश्यले बिगत ६ वर्षदेखि आफुहरुले यो महोत्सब आयोजना गर्दै आएको बताइन् । यस पटक अफ्रिकन महाद्धिप र युरोपबाट विभिन्न १५ जना चलचित्रकर्मी सहभागी भएको पनि निर्देशक मिश्रले जानकारी गराइन् ।

यस पटक महोत्सबमा नौ वटा चलचित्र प्रदर्शन गरिदैछ । जसमध्ये एउटा नेपाली र बाँकी अफ्रिकी मुलुकका छन् । महोत्सबमा सोमबार इजिप्टबाट मोहम्मद रशद निर्देशित चलचित्र ‘लिटिल इगल’ र नेपाल/तान्जानिया/भारतको जमेश गियाम्ब्रोने र रुश पारिसेओउ निर्देशित ‘होल्डिङ अप द स्काई’ प्रदर्शनी गरियो ।

यस्तै ३ असोजमा युगान्डाको एगोन्जे अर्नोल्ड निर्देशित ‘नथिङ इज गोईन अन’, सँयुक्त राज्य अमेरिका/चिलुवाको हृवेभेस स्ट्रिटर निर्देशितन ‘सिलिकोन भ्याली’, मोरोक्को/फ्रान्सको फाओजी बन्साईदी निर्देशित ‘मिली मिओस’ र सेनेगलको ‘हृवेनास’ प्रदर्शनी गरिनेछ ।

महोत्सबको अन्तम दिन ४ असोजमा युगान्डाको टोची मादुवा निर्देशित ‘फेटल डिस्टिनी’, रुवान्डाको मारिई निर्देशित ‘अ पिस फर माईसेल्फ’ र नेपालबाट रोशनी केसी निर्मित चलचित्र डा…खाते प्रदर्शनी गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment