Comments Add Comment

इमर्जिङ टिम्स कपको उपाधि भारतलाई

९ भदौ, काठमाडौं । सिंगापुरमा सम्पन्न एसीसी इमर्जिङ टिम्स कप क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनल भिडन्तमा चिरप्रतिद्वन्द्वी पाकिस्तानको २३ वर्षमुनीको टोलीलाई ९ विकेटले पराजित गर्दै भारतले उपाधि उचालेको हो ।

पाकिस्तानले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य भारतले मात्र १ विकेटको क्षतिमा ३३.४ ओभरमा भेट्टायो । उसका लागि लोकेश राहुलले सर्वाधिक ९३ रनको योगदान दिए । मनपि्रत जुनेजा ५१ रनमा अविजित रहे ।

यसअघि पहिले व्याटिङ थालेको पाकिस्तानले ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ५९ रन बनाउको थियो । प्रतियोगितामा नेपाल भने एउटा पनि खेल नजितेर समूह चरणबाटै बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment