Comments Add Comment

विमानस्थलमा कडाइपछि विदेश जानेहरुको संख्या घट्यो

 ८ भदौ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले वैदेशिक रोजगारमा जानेहरुलाई केही सहज बनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ कर्मचारीलाई पक्राउ गरेपछि अध्यागमनले विभिन्न कारण देखाउँदै शनिबार १ सय ७० जनालाई फर्काएको थियो । तर, आइतबार भने छुट्टीमा आएकाहरुलाई सहजरुपमा जान दिइएको छ ।

‘आज केही सहज बनाइएको छ । टेस्टेट भिसा भएका छुट्टीमा आएकाहरुलाई जान दिइएको छ’ अनलाइनखबरसँग अध्यागमनका एक अधिकारीले भने ।

कामका लागि विदेश जान विमानस्थल पुगेका ५ जनालाई भने फिर्ता पठाइएको अध्यागमनका अधिकारीले बताएका छन् । उनका अनुसार अघिल्लो दिनहरुको तुलनामा कामका लागि विदेश जानेहरुको संख्या पनि आइतबार केही कम भएको छ । ‘केहीले प्रक्रिया पुर्‍याएका आएका छन् । तर, आज अघिल्ला दिनको तुलनामा विदेश जानेहरुको संख्या पनि कम छ’ उनले भने ।

श्रम विभागले दिएको स्वीकृति अनुसार कम्पनी र कामको विवरण नमिलेका तथा भाषा नबुझिएका भन्दै अध्यागमनले शनिबार १ सय ७० जनालाई फर्काइदिएको थियो । म्यानपावर कम्पनीसँग गैरकानुनी लाभ लिई नक्कली कागजातका आधारमा ७७ जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको आरोपमा अख्तियारले वैदेशिक रोजगार र अध्यागमनका ३५ कर्मचारीलाई शुक्रबार मात्र पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment