Comments Add Comment

राप्रपा नेपालको राष्ट्रिय सम्मेलन आजदेखि

१० भदौ, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तीन दिने राष्ट्रिय सम्मेलन आजदेखि काठमाण्डौंमा शुरु भएको छ ।

सम्मेलनमा संविधानसभाको आसन्न निर्वाचनमा पार्टीले अख्तियार गर्ने कार्यनीति, रणनीति र कार्यक्रमका विषयमा छलफल हुनेछ ।

सम्मेलनमा पार्टीका केन्द्रीय समितिका पदाधिकारी, भ्रातृ सङ्गठनका केन्द्रीय अध्यक्ष, जिल्लाका अध्यक्ष, उपाध्यक्ष, सचिव र पार्टीमा योगदान पुर्‍याएका गरी ४ सय जनाको सहभागिता रहने प्रचार विभाग प्रमुख राजाराम श्रेष्ठले बताउनुभयो ।

राप्रपा नेपालले यही भदौ २७ गतेदेखि ७५ वटै जिल्लामा ‘राष्ट्रिय एकता यात्रा’ गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment