+
+

वाशिंगटन डिसीमा तीन कृतिको परिचयात्मक कार्यक्रम

भर्जिनिया । महाकवि लक्ष्मी प्रसाद देवकोटा शताब्दी सन्दर्भमा वाशिंगटन डिसी महानगर क्षेत्रमा सम्पन्न कविता महोत्सवमा बाचन गरिएका कविताहरुसहित तीनवटा कृतिहरुको परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा अमेरिकाबासी ३३ जना नेपाली कविहरुका ८७ कविता,महाकवि देवकोटाका ६ कविता र अन्य ७ समिक्षा समेत १ सयवटा रचना संकलन शताब्दी,नेपालको जन आ

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ११ गते ६:५५

विजय थापा

भर्जिनिया  । महाकवि लक्ष्मी प्रसाद देवकोटा शताब्दी सन्दर्भमा वाशिंगटन डिसी महानगर क्षेत्रमा सम्पन्न कविता महोत्सवमा बाचन गरिएका कविताहरुसहित तीनवटा कृतिहरुको परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।  उक्त कार्यक्रममा अमेरिकाबासी ३३ जना नेपाली कविहरुका ८७ कविता,महाकवि देवकोटाका ६ कविता र अन्य ७ समिक्षा समेत १ सयवटा रचना संकलन शताब्दी,नेपालको जन आन्दोलन २०६२ का अबसरमा साहदत प्राप्त गर्ने नेपाल सरकारले घोषणा गरेका २५ जना सहिदको परिचय र ५ हजार १ सय ५० जना घाइतेको सुक्ष्म अध्ययन विश्लेषण समेटिएको शहिद तथा नेपाल बाहिर बस्ने ७५ जना नेपाली बालबालिकाहरुको रचना समेटिएको बाल सिर्जनाको समेत परिचयात्मक कार्यक्रम सम्पन्न गरियो ।nnn

न्युयोर्कका कबि मणि बांग्देलले बाल श्रीजना पुस्तक बारेमा परिचय र केहि जानकारी गराएका थिए । डा किसोर उप्रेतीले शहिद पुस्तक बारे परिचय दिएका थिए भने शिव प्रसाद सत्यालले सो पुस्तकहरुबारे विचार राखेका थिए । राम प्रसाद ज्ञवालीले देवकोटा बारेमा चर्चा गरेका थिए भने बहु आयामिक व्यक्तित्वहरुको बारेमा बोल्न र लेख्न गार्हो हुने विचार व्यक्त गरेका थिए ।  डिसी महानगर क्षेत्रमा बसोबास गर्ने स्थानीय नेपाली बाल प्रतिभाहरुले कविता बाचन गरेका थिए ।

 नारायण अधिकारीले कार्यक्रम संचालक गरेका थिए भने धन्यबाद ज्ञापन तथा कार्यक्रमको समापन लेखनाथ भण्डारीले गरेका थिए ।बाल श्रीजनाको दोश्रो पुस्तक पनि प्रकाशनको तैयारीमा रहेको जानकारी भण्डारीले गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?