Comments Add Comment

मलालालाई अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार

१२ भदौ, काठमाडौं । पाकिस्तानमा तालिबानको आक्रमणमा परेकी मलाला यूसुफजईलाई अन्तराष्ट्रिय बाल शान्ति पुरस्कार दिने भएको छ । यो पुरस्कार सेप्टेम्बर ६ मा हेगमा प्रदान गरिने छ ।

Malala Yousafzaiपुरस्कार प्रदान गर्ने संस्था डच किड्स राइट फाउन्डेशनका प्रमुख मार्क डुलर्टले भनेका छन्- मलाला यूसुफजई २०११ मा पनि मनोनयनमा परेकी थिइन् । तर, यस वर्ष विशेषज्ञ समितिले सर्वसम्मत रुपमा अरुलाई मनोनयनमै नराख्ने निर्णय गरेको छ र अन्तराष्ट्रिय बाल शान्ति पुरस्कार मलालालाई दिने निर्णय भएको छ ।’

महिला शिक्षाका लागि अभियान चलाइरहेकी मलालालाई स्कुलबाट घर जाँदै गर्दा बाटोमा तालिबानले टाउकोमा गोली हानेको थियो । आक्रमण गत वर्ष अक्टोबरमा भएको थियो । केही दिन पाकिस्तानमा उपचारपछि उनलाई बर्मिंघमको क्वीन एजिलाबेथ अस्पताल लगिएको थियो । उनलाई सुन्न सहयोग गर्न एक टाइटेनियम प्लेट हालिएको छ । उनी अहिले एलिजाबेथ हाई स्कुलमा पढि्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment