+
+
Shares

डलरको मूल्य १०८ रुपैयाँमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १३ गते ५:४५

dollor१३, भदौ, काठमाडौं । डलरको मूल्य बिहीबार केही ओर्लेको छ । बुधबारको तुलनामा आज भारतमा डलरको मूल्य १२० पैसेले घटेर ६७.६०भारुमा झरेको छ । यसको नेपाली रुपान्तरण १०८.१६ रुपैयाँ हुन्छ ।

हिजो भारतमा डलरको मूल्य ६८.७५ भारु अर्थात ११० नेरु पुगेको थियो । नेपालमा सार्वजनिक बिदा परेको कारण बैंकहरुले हिजो डलरको मूल्य तोकेका थिएनन् ।

आज नेपाली बैंकले १०८ रुपैयाँको हाराहारीमा बिक्री गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले बिक्री मूल्य १०८.५० र खरिद मूल्य १०७.३६ रुपैयाँ तोकेको छ ।

नेपाल राष्ट्र बैंकले आजको लागि हिजो तय गरेको अमेरिकी डलरको विनिमय दर आज विहानै संशोधन गरेको थियो । हिजो थोरै तोकेकोमा आज विहानै राष्ट्र बैंकले सच्चाउने निर्णय गरेको हो । आज केन्द्रीय बैंकले डलरको बिक्री मूल्य १०८.९० रुपैयाँ र खरिद मूल्य १०८.३० रुपैयाँ तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?