Comments Add Comment

सात दिनभित्रमा कामदार उडाउन व्यवसायीको चेतावनी

१३ भदौ, काठमाडौं । श्रम स्वीकृति लिएर जायज रुपमा वैदेशिक रोजगारीमा पठाएका कामदारलाई बीना कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागले फर्काइदिएको भन्दै वैदेशिक रोजगार व्ययवसायीहरु त्यसको प्रतिकारमा उत्रिने भएका छन् । व्यवसायीहरुले फर्काइएका कामदारलाई टिकट उपलब्ध गराएर ७ दिन भित्रमा उडाउन सरकारलाई अल्टिमेटम समेत दिएका छन् ।

सरकारले ७ दिनभित्रमा फर्काइएका कामदारलाई उडाउने व्यवस्था नमिलाए भदौ १७ गतेदेखि सम्पूर्ण व्यवसाय बन्द गरेर सडकमा उत्रिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले चेतावनी दिएको छ । फर्काइएका कामदारको टिकटबापतको खर्च म्यानपावर र कामदार दुबैले बेहोर्न नसक्ने संघका अध्यक्ष बलबहादुर तामाङले बताउनुभयो ।

यस हप्ता सरकारले कागजात नपुगेको कारण देखाउँदै साढे ३ सयभन्दा बढी नेपाली कामदारलाई अध्यागमन विभागले फर्काइसकेको छ । सरकारले तत्काल आफ्नो गल्ती नस्वीकारले विदेश जान तम्सिएका १० औं हजार नेपाली प्रभावित हुने तामाङले चेतावनी दिनुभयो । पछिल्लो समय बैदेशिक रोजागारीका लागि दैनिक १५ सयभन्दा बढी यूवाहरु विदेशीने गरेको तथ्याङ्क छ । तामाङ अनुसार करिव १० हजार युवा वैदेशिक रोजगारीमा जाने अन्तिम तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment