Comments Add Comment

ईग्नाको पाँचौं बार्षिक भेला सम्पन्न

आई एल थापामगर

ईष्ट्ली । बेलायतमा रहेका नेपाली संघसंस्थाहरु च्यारीटी कमिसनमा दर्ता हुनलाई ठुलै मेहनत गर्नुपर्ने हुन्छ । च्यारीटि कमिसनमा दर्ता भएपछि नेपाल र बेलायतमै पनि विभिन्न च्यारीटिका कामहरु गर्न सकिने भएकोले च्यारीटि कमिसनमा दर्ता गर्नुलाई ठुलै उपलब्धि मानिन्छ । यस्तै केहि नेपाली तथा स्थानीइ बेलायतीहरु सहयोगमा स्थापित ईष्ट्ली गोर्खा नेप्लिज एशोसियसन -ईग्ना) युके पनि केहि साताअघि च्यारीटि कमिसनमा दर्ता भएको छ ।ईग्ना युकेले संस्था च्यारीटि कमिसनमा दर्ता भएको खुशियालीमा गत शनिबार आउटडोर पार्टी आयोजना गर्‍यो । कार्यक्रममा नेपाली र स्थानीय समुदायको सहभागिता थियो । स्थानीयहरुको बाक्लो उपस्थितिले नेपाली समुदाय संयोजनमा महत्वपुर्ण भुमिका खेल्ने सहभागिहरुले विश्वास लिएका छन ।a

 ईष्ट्ली र यस वरपर बस्ने नेपाली तथा स्थानीयवासीको सक्रियतामा सन् २००८ मा यस संस्थाको स्थापना भएको हो । शनिबार मनाइएको पांचौं बाषिर्क भेटघाट कार्यक्रम इष्ट्ली बरो काउन्सीलका मेयर माल्कोल्म क्रस र संस्थाका अध्यक्ष्ँ रमन सिंह थापाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर माल्कोल्मले नेपाली समुदायसंग नजिक रहेर काम गर्न पाउंदा आफु निकै उत्साहित रहेको बताए । उनले नेपालीहरुको लगाव, मेहनत र स्थानीयसंग उनीहरुको मित्रभावले समुदायमा आफ्नोपन दिएको उल्लेख गरे । कार्यक्रममा उपस्थित हुन पाउंदा खुशी छु, मेयरले भने, ‘ईग्नाका आगामी दिनहरु सफल रहुन मेरो शुभकामना छ ।’ईग्ना युकेका अध्यक्ष्ँ रमनसिंह थापाको अध्यक्ष्ँतामा सम्पन्न कार्यक्रममा संस्थाका ट्रष्टी कमल बहादुर पुर्जाले ईग्ना र यसलाई मायां गर्ने सबैलाई यस पार्टीमा भेट्न पाउंदा आफुलाई धेरै खुशी लागेको बताए । अर्को बर्षपनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै उनले सहभागिहरुलाई धन्यवाद दिए । नेपाल र विदेशमा रहेका नेपालीहरुलाई आवश्यक पर्दा सहयोग गर्ने पवित्र उदेश्यले संस्था जन्मिएको स्मरण गर्दै उनले च्यारीटि कमिसनमा दर्ताभएपछि त्यो अझै फराकिलो भएको दावी गरे । संस्थालाई च्यारिटि कमिसनमा दर्ता गर्नका लागि हरतरहले सहयोग पुर्‍याउने सबैलाई उनले धन्यवाद दिए । ईग्नामा नेपालीहरुलाई मायां गर्ने स्थानीयको पनि सहभागिता भएकोले समुदायको संयोजनमा यसले सहयोग पुर्‍याउने उनको विश्वास थियो ।

संस्थाका सचिव उमेश रानाले संस्था च्यारीटेवल अर्गनाइजेशनका रुपमा दर्ता भएको खुशीयालीमा कार्यक्तम गर्न पाउंदा खुशी लागेको बताउंदै यस अवसरमा खुशीयाली मनाउन सहभागिलाई आग्रह गरे । यस महत्वपुर्ण अवसरमा सहभागि हुनुभएकोमा म यहांहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु, रानाले भने, हाम्रो लागि आजको दिन सबैभन्दा महत्वपुर्ण दिन हो । तपाईहरु सबैको ठुलो सहयोग र साथले आज हामी यो अवस्थामा आइपुगेका छौं । च्यारीटिमा दर्ता गर्नु शुरुवात मात्रै भएको बताउंदै उनले अझै धेरै गर्न बांकी रहेको बताए ।कार्यक्रममा नेपाल तथा बेलायतको राष्ट्रिय गान बजाइएको थियो । सहसचिव रेनुका आलेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागिहरु बिक्यिु पार्टीमा मस्त थिए । खुल्ला चौरमा गरीएको पार्टीमा मौषमको पनि पर्वाह नगरी उनीहरु खुलेरै पार्टीमा जमे । सो अवसरमा संस्थालाई मायां गर्ने स्थानीय, संस्थाका सदस्य तथा अन्य विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने महानुभावहरुलाई सम्मान गरीएको थियो । एउटा नमुना समाजको रुपमा स्थापित यस समाजले आयोजना गरेको कार्यक्रममा नेपालीहरुकै हाराहारीमा स्थानीय समुदायको उपस्थिति रह्यो ।

 कार्यक्रमको अन्त्यमा सहभागिहरुलाई विशेष धन्यबाद दिंदै अध्यक्ष थापाले समाज पांच बर्षको दौरानमा निकै अगाडी बढेको औल्याए । उनले च्यारीटि कमिसनमा दर्ता गर्न सहयोग पुर्‍याउने ट्रष्टिज, कार्यसमितिकिा सदस्यहरु, तथा यसका शुभेच्छुकहरुलाई विशेष धन्यवाद दिएका थिए । च्यारीटि कमिसनमा दर्ता भएको उपलक्ष्यमा यस कार्यक्रम आयोजना गरीएको प्रष्ट्याउंदै आगामी दिनमा अझै बृहत्तर रुपमा सामाजिक कार्यगर्न संस्था सक्षम हुने विश्वास लिए । हामी अझै उत्साहित भएका छौं, अध्यक्ष थापाले भने, ‘नेपाल र नेपालीको हितमा लागि काम गर्ने जांगर बढेको छ ।’ कार्यक्रमको अन्त्यपछि मेयरले आफ्नी धर्मपत्नि सहित नेपालीहरुले लगाएको तरकारी खेतीको अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment