१४ भदौ, काठमाडौं । बेलायतको संसदले सिरियामा रासायनिक हतियार प्रयोगविरुद्ध सैनिक आक्रमण गर्ने प्रधानमन्त्री डेभिड क्याम्रुनको प्रस्ताव अस्वीकृत गरेको छ ।
तल्लो सदन हाउस अफ कमन्समा भएको मतदानमा सैनिक आक्रमणको पक्षमा २ सय ७२ त परेको थियो भने विपक्षमा २ सय ८५ मत खसेको छ । बेलायती प्रधानमन्त्री क्याम्रुनले बेलायती संसद र जनता सिरियामा सैन्य आक्रमणको विपक्षमा रहेको प्रष्ट भएको बताउनु भएको छ ।
बेलायत सरकारले अमेरिकासँग मिलेर सिरियामा सैन्य आक्रमण गर्ने तयारीका साथ संसदमा प्रस्ताव लगेको थियो । तर, तल्लो सदनले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेपछि सिरिया मामिलामा बेलायतको भूमिका अस्पष्ट भएको छ ।
सिरियामा राष्ट्रपति बसर अल असदले आफ्नो विरुद्ध संघर्षरत विद्रोहीमाथि रासायनिक हतियार प्रयोग गरी आक्रमण गरेको विपक्षीहरुको आरोप छ । तर, सरकारी सेनाले भने आरोप अस्वीकार गर्दै आएको छ । घटनाको राष्ट्रसंघीय टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4