Comments Add Comment

अमेरिकी केन्द्रमा तालिवानको आक्रमण

१७ भदौ, अफगानिस्तान । अफगानिस्तानको पूर्वी भागमा रहेको संयुक्त राज्य अमेरिकाको एक केन्द्रमा सोमबार तालिवानहरुले आक्रमण गरेका छन् । अफगानिस्तानको नान्गार प्रान्तमा रहेको अमेरिकी केन्द्रमा तालिवानहरुले आक्रमण गरेका समाचारमा जनाइएको छ । आक्रमणपछि तालिवान हतियारधारी सुरक्षाकर्मीहरुसँग कम्तीमा पनि तीन घन्टासम्म भिडन्त भएको थियो ।

आक्रमणका क्रममा कुनैपनि मानवीय क्षति भने नभएको अफगानिस्तानमा रहेको नेटो सैनिक समूहका प्रवक्ताले जनाएका छन् । नान्गारमा नेटो सैनिकको शिविर रहेको छ । सोही शिविरलाई लक्ष्यगरी तालिवानहरुले आक्रमण गरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

अफगानिस्तानबाट सन् २०१४ को अन्त्यसँगै सम्पूर्ण नेटो सैनिक फिर्ताहुने घोषणा यसअघि नै भइसकेेको छ । तर उक्त दिन नजिकिँदै आएको भए पनि अफगानिस्तानको सुरक्षा व्यवस्थामा भने खासै परिवर्तन नआएको बताइन्छ । रासस/एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment