Comments Add Comment

अधिकारी दम्पतीलाई ‘जबर्जस्ती खुवाउन’ सर्वोच्चको आदेश

१८ भदौ, काठमाडौं । छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनशनमा बसेका नन्दलाल अधिकारी दम्पतीलाई रेग्मी सरकारले ‘फोर्स फिडिङ’को तयारी गरिरहेकै बेला सर्वोच्च अदालतले मंगलबार रेग्मी सरकारकै चाहनाअनुसार आदेश सुनाएको छ । सर्वोच्च अदालतले यससम्बन्धी एउटा रिटमाथि सुनुवाइ गर्दै अधिकारी दम्पतिले खाना खान नमाने जबर्जस्ती खुवाएर उनीहरुको जीवन रक्षा गर्न आदेश दिएको छ ।

nandalal-gangamayaसरकारले अधिकारी दम्पतीलाई ‘फोर्स फिडिङको’ तयारी गरिरहेका बेला सोही क्रममा सर्वोच्चमा जीवन रक्षाको माग गर्दै रिट दायर भएको थियो । अन्ततः सरकार र अदालतवीच तालमेल भएजस्तै गरी मंगलबार प्रकाश वस्तीको एकल इजलाशबाट आदेश सुनाइयो-‘अधिकारी दम्पतीलाई अनुसन्धानमा निजहरुको महत्व सम्झाई अनशन तोड्न आग्रह गर्नू र यसो गर्दा पनि नमानेमा निजहरुको जीवन रक्षार्थ जबर्जस्ती खाना खुवाउने – फोर्स फिडिङ) लगायतका जे जो गर्नुपर्छ, सो गर्नू ।’

अदालतको यस्तो आदेशपछि अधिकारी दम्पतीमाथि फोर्स फिडिङका लागि सरकारलाई बाटो खुलेको छ । अधिकारी दम्पत्तीको जीवनरक्षाको माग गर्दै परेको रिटमा न्यायाधीश प्रकाशचन्द्र वस्तीको एकल इजलासले सकेसम्म अनसन तोडाउन प्रयास गर्नु र नभए जबरजस्ती भए पनि खाना खुवाएर भएर जीवन रक्षा गर्न आदेश दिएको हो । साथै हत्याको अनुसन्धान विवरण सार्वजनिक गर्न आदेश दिएको छ । छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै नन्दलाल र गंगामाया अधिकारी ४३ दिनदेखि आमरण अनसनमा हुनुहुन्छ ।

अदालतले यसरी ‘जबर्जस्ती गर्नु’ भन्ने शब्द प्रयोग गर्न नमिल्ने अभिवक्ता ओमप्रकाश अर्यालले प्रतिक्रिया दिनुभएको छ । ‘जबर्जस्ती भए पनि केही गर्नु भन्ने शब्द अदालतले बोल्न मिल्दैन, आदेशमा त्यस्तो शब्द उल्लेख गरिएको भए अदालतले सच्याउनुपर्छ । तर, फोर्स फिडिङका पक्षधरहरुले भने कसैले पनि आत्महत्या गर्न वा मर्न खोजेमा त्यसलाई मर्न नदिनु राज्यको कर्तव्य भएकाले जीवन रक्षाका लागि बल प्रयोग जायज हुने तर्क गरेका छन् । अधिकारी दम्पतीको माग सरकारले सुनुवाइ गरिरहेका बेला यसरी फोर्स फिडिङ जायज हुने अन्तरराष्ट्रिय प्रचलन रहेको सरकारी पक्षको धारणा रहेको छ । अदालतले आफ्नो आदेशमा पनि जीवनरक्षाका लागि जवर्जस्ती खाना खुवाउन सकिने उल्लेख गरेको छ ।

यो पनि पढ्नुस्

अधिकारी दम्पतीलाई ‘फोर्स फिडिङ’ को तयारी

यस्तो छ अदालतको आदेश 

stay-odder

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment