+
+
Shares

शहीद स्मृति स्कूल डोटीलाई नर्वेबाट आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १८ गते १०:४९

ओस्लो ।  नेपाली जनप्रगतिशिल मन्च नर्वेले नेपालको दुर्गम जिल्ला डोटीमा रहेको श्री शहिद स्मृति आवाशीय विद्यालयलाई दुईलाख नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । श्रावण १० गते प्रतिष्ठानको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच मंचका महासचिव श्रीगोरख चन्दले शहिद प्रतिष्ठान नेपालका कार्यालय प्रमुख श्री कान्तिराम ढुंगानालाई नगद हस्तान्तरण गर्नु भएको थियो । 1

उक्त सहयोग विद्यालयको कम्पाउन्ड अर्थात काडेतार-जाली निर्माणको लागि प्रयोग गरिने भएकोछ। सुदुरपश्चिमको दुर्गम जिल्लामा रहेको यो आवाशीय विद्यालय शहिद प्रतिष्ठान नेपालद्वारा संचालित गरिएको विद्यालय हो।आर्थिक अभावका कारण विद्यालयलाई चाहिने अत्यावश्यक भौतिक पुर्वाधार अझैसम्म पूरा हुन सकेको छैन । शहिद प्रतिष्ठान अन्तर्गत पूर्वान्चल इटहरीको हान्सपोसा गाबिसमा, मध्यमाञ्चल दोल्खाको जीरीमा, पश्चिमाञ्चलको पोखरामा, मध्यपश्चिमाञ्चलको दाङमा र सुदूरपश्चिमाञ्चलको डोटीमा गरी जम्मा ५ वटा आवाशीय विद्यालयहरु संचालनमा रहेका छन।यी आवासीय विद्यालयहरुमा युद्धमा बुवा–आमा गुमाएका टुहुरा बालबालिका, स्थानिय अतिगरीब, असाहाय तथा दलित समुदायका बालबालिकाहरु भएको कुरा शहिद प्रतिष्ठानले जनाएको छ ।

विद्यालयको दयनिय अवस्था र पिछडिएका, असहाय, टुहुरा तथा बिपन्न बालवालिका भएका कारण आर्थिक सहयोगको लागि डोटीको शहीद स्मृति आवाशीय विद्यालयलाई छानिएको हो। यस्तैप्रकारका सामाजिक कार्यमा सक्दो आर्थिक सहयोग गर्ने मनसाय रहेको कुरा मन्चका अध्यक्षडा.कृष्ण अर्यालले समाचारमा उल्लेख गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?