Comments Add Comment

वैद्य माओवादीलाई कुर्ने अन्तिम मिति-असोज १०

१९ भदौ काठमाडौं । सरकारले मोहन वैद्य नेतृत्वको नेकपा- माओवादीलाई सहमतिमा आउनका लागि आगामी असोज १० सम्म कुर्ने रणनीति बनाएको बुझिएको छ । निर्वाचन आयोगले दिएको प्राविधिक समयसीमा अनुसार नै यो मिति तय भएको सरकारी अधिकारीले बताएका छन् ।

Mohan-Baidya--kiran

‘वैद्य माओवादीसँग वार्ताका लागि अन्तिम समयसम्म प्रयत्न जारी राख्ने भनेको अर्थ असोज १० सम्म मात्रै हो र त्यसपछि मंसिर ४ को चुनावमा केन्दि्र हुने भएकाले सरकार वार्तामाअल्मलिएर बस्दैन ।’ सरकारी स्रोत भन्छ- ‘पहिले निर्वाचन आयोगले भदौ ४ सम्म सहमतिमा पुगिसक्न भनेको थियो, अहिले असोज १० सम्म समय दिएको छ ।’

वार्ताबाट अकस्मात बाहिरिएको वैद्य माओवादीसँग सहमति भएन भने पनि अशोक राईसँग आजभोलि नै सहमति गरेर अघि बढ्ने सरकारी पक्षको रणनीति छ । अशोक र उपेन्द्र यादव समूहलाई निर्वाचन प्रक्रियामा ल्याइसकेपछि वैद्य पक्ष एक्लिने र सकभर असोज १० भित्रै सहमतिमा आउने सरकारी अनुमान छ । ‘उनीहरु मंसिर ४ को चुनावमा आएनन् भने एक्लिन्छन् र उनीहरुले मात्रै असहमति जनाउँदैमा चुनाव रोकिँदैन ।’ स्रोत भन्छ्-‘मंसिर ४ को चुनाव कुनै हालतमा पनि सर्दैन ।’

मंसिर ४ को चुनाव सार्नुपर्ने र रेग्मी सरकारको विकल्पमा समेत छलफल गर्नुपर्ने नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चा अडान राख्दै आएको छ । चारदलले गोलमेच सम्मेलन गर्ने निर्णयमा सहमति जनाए पनि चुनाबको मितिलाई पूर्वशर्त बनाइएपछि भंग भएको वार्ता पुन बस्न सकेको छैन ।

यसैवीच उच्चस्तरीय राजनीतिक समितिको बैठकले असन्तुषट दलहरुसँगको वार्ता जारी राख्ने निर्णय गरेको छ भने मंगलबार कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डले बालुवाटारमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई भेटेर वैद्य पक्षलाई सहमतिमा कसरी ल्याउन सकिन्छ भन्नेबारे छलफल भएको छ । तर, वैद्यपक्ष असोज १० भित्र पनि सहमतिमा नआए मंसिर ४ को निर्वाचनको रथले उनीहरुलाई छाडेर अघि बढ्ने सत्तापक्षका नेताहरुले निश्कर्ष निकालेको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment