+
+
Shares

राष्ट्रपति पौडेल कुलपूजा गर्न रिस्ती आउने 

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १२:५२

२८ वैशाख, तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जन्मथलो व्यास नगरपालिका-८ रिस्ती आउने भएका छन् । कुलपूजाका लागि राष्ट्रपति पौडेल सिस्ती आउन लागेका हुन् ।

सोमबार बिहान काठमाडौंबाट हेलिकप्टरमार्फत दमौली आउने र त्यसपछि गाडीबाट रिस्ती पुग्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

राष्ट्रपतिको आगमनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले कुलपूजा स्थलको निरीक्षण गरिसकेको छ ।

सुरक्षा व्यवस्थामा विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

स्थानीय बासिन्दाहरूले राष्ट्रपति पौडेलको आगमनको स्वागतका लागि तयारी गरेका छन् ।

कुलपूजा कार्यक्रम सोमबार नै सम्पन्न हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?