+
+
Shares

क्रान्तिकारीले भोट माग्दै मतदाताको घर-घरमा चिठी पठाउने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १९ गते १३:२२

१९ भदौ, काठमाडौं । अखिल क्रान्तिकारीले आगामी निर्वाचनमा एमाओवादीलाई मतदान गर्न आग्रह गर्दै सबै मतदाताको घर-घरमा चिठी पठाउने भएको छ ।

क्रान्तिकारीको बुधबार बसेको पदाधिकारी बैठकले २ सय ४० बटै निर्वाचन क्षेत्रमा रहेका हरेक घरमा चिठी पठाउने निर्णय गरेको हो । ‘संगठन सुदृढिकरण तथा मतदाता जागरण अभियान चलाउने निर्णय भएको छ’ क्रान्तिकारीका उपाध्यक्ष जागि्रत रायमाझीले अनलाइनखबरसँग भन्नुभयो-‘अभियानका क्रममा पहिचानसहितको संघीयता पक्षमा रहेको एमाओवादीलाई भोट हाल्न आग्रह गर्दै हरेक घरलाई चिठी पठाउने निर्णय भएको छ ।’

क्रान्तिकारीले मतदातालाई बुथसम्म लैजाने र बुथको सुरक्षा गर्ने जिम्मा लिने समेत बताएको छ । क्रान्तिकारीले आगामी चुनावमा प्रत्यक्ष र समानुपातिकतर्फ विद्यार्थी संगठनका प्रतिनिधीलाई पनि उम्मेदवार बनाउन माउ पार्टी एमाओवादीलाई आग्रह गरेको छ । उम्मेदवारका लागि हिमाल शर्मा, जागि्रत रायमाझी, विन्दमान विष्ट, तेजकुमारी पौडेल, रमेश मल्ल, ललित घलान, रमेश महतो, नरेन्द्र न्यौपाने लगायतको नाम चर्चामा छ ।

एमाओवादीले जनवर्गीय संगठनहरुलाई २४ गतेसम्म उम्मेदवार सिफारिस गर्न भनेको छ । क्रान्तिकारीको बैठकले प्रतेक स्कुल र शैक्षिक संस्थामा संगठन बनाउने निर्णय पनि भएको रायमाझीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?