१९ भदौ, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल र राष्ट्रिय सद्भावना पार्टीबीच पार्टी एकता भएको छ । एकतापछि पार्टीको नाम तराई मधेस सद्भावना नेपाल राखिएको छ ।
पार्टीको अध्यक्ष महेन्द्र यादव हुनुहुन्छ भने रामनरेश यादव सहअध्यक्ष हुनुहुन्छ । यसअघि महेन्द्र यादव तमलोपाबाट फुटेर बनेको तमलोपा नेपालको अध्यक्ष हुनुहुन्थ्यो भने रामनरेश राष्ट्रिय सद्भावनाको अध्यक्ष हुनुहुन्थ्यो ।
तराईमा धेरै पार्टीहरु फुटिहेका बेला आफूहरु एकिकरण हुनु सिंगो देशको लागि एकताको सन्देश भएको यादवले बताउनुभयो । उहाँले आफूहरुको मधेसमा राम्रो सम्भावना भएको दावी गर्दै कम्तिमा २० जिल्लाबाट प्रत्यक्ष उमेद्वार उठाइने पनि बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4