+
+
Shares

उत्कृष्ट दुई शिक्षकलाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २० गते ३:०३

२० भदौ, काठमाण्डौं । शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै पीपी प्रसाई फाउन्डेशनले आज २ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कारबाट सम्मान गर्ने भएको छ ।

५० हजार रुपैयाँ नगद पुरस्कारसहित शिक्षामन्त्री माधवप्रसाद पौडेलले सम्मान गर्नुहुने छ । देशभरबाट आवेदन मागि शिक्षकको पढाउने शैली, विद्यार्थीको आवश्यकता प्रति उनीहरुको बुझाई, शिक्षा प्रति उनीहरुको प्रतिवद्धता, शिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध लगायतका आधारमा शिक्षा विशेषज्ञ तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुको निर्णायक समितिले पुरस्कार प्रदानकालागि २ जना शिक्षकलाई सिफारिस गरेको छ ।

उक्त पुरस्कारकालागि लागि चार जना शिक्षकहरु अन्तिम मनयोनयनमा पर्नु भएको छ । गत वर्ष उक्त पुरस्कार तत्कालिन नेकपा माओवादीद्वारा हत्या गरिएका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई मरणेपरान्त प्रदान गरिएको थियो । पर्यटन व्यवसायी प्रजापति प्रसाई पीपीको विक्रम सम्बत २०५६ साल भदौ २० गते हवाई दुर्घटनामा निधन भएको थियो । उहाँको नाममा २०६७ सालमा फाउन्डेशन स्थापाना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?