+
+
Shares

संघीय समाजवादी वार्ताका एजेन्डा तयार पार्दै

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २० गते ३:००

२० भदौ, काठमाण्डौं । उच्चस्तरीय राजनीतिक समितिसँग गर्ने वार्ताको एजेन्डा तय गर्न संघीय समाजवादीपार्टीको बैठक आज बस्दैछ । महाराजगञ्जमा बस्ने बैठकमा पार्टीले समितिमा उठाउने मुद्धाका विषयलाई प्राथमिकतामा राखि एजेन्डा तय गर्ने संघीय समाजवादी पार्टीले जनाएको छ ।

उच्चस्तरीय राजनीतिक समितिसँग बुधबार भएको छलफलमा पार्टीले राखेको संविधानसभा निर्वाचनमा ६ सय १ सभासद्को संख्या र सर्वदलीय राजनीतिक सम्मेलन गर्ने विषयमा उच्चस्तरीय राजनीतिक समिति सकारात्मक भएपछि उक्त पार्टीले वार्ताका एजेन्डा तय गर्न लागेको हो ।

बुधबारको छलफलबाट धेरै विषयमा सहमति भएको र बाँकी रहेका केही विषय पनि चाँडै मिलाउने नेताहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?