+
+
Shares

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १०:२९
सडकमा पल्टिएको ट्र । अहिले सडकबाट हटाइएको छ ।

२८ वैशाख, काठमाडौं । ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

बिहान ७ बजेदेखि अवरुद्ध भएको सडक ट्रक हटाइ दुवैतर्फ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे तुइनखोला भन्ने स्थानमा पल्टिएको थियो ।

कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको थियो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?