
काठमाडौं । गायक रामकृष्ण ढकाल सांगीतिक टुरका लागि बेलायत उडेका छन् । शनिबार त्यसतर्फ प्रस्थान गरेका उनी १२ मे अर्थात् आगामी सोमबार म्यानचेस्टरमा गुञ्जिंदैछन् ।
‘८८४८ भाइब्स’को आयोजनामा हुने ‘रामकृष्ण ढकाल साँझ’मा उनले आफ्ना लोकप्रिय नयाँ-पुराना गीत प्रस्तुत गर्नेछन् । लामो समयपछि बेलायतमा प्रस्तुति दिन लागेकाले आफू उत्साहित रहेको रामकृष्णले बताए ।
म्यानचेस्टरको कार्यक्रमपछि उनी त्यतैबाट अमेरिका प्रस्थान गर्नेछन् । अमेरिकामा २४ मेमा केन्टकीबाट यसपटक उनको टुर सुरु हुनेछ । त्यसपछि ३१ मे मा न्यु ह्याम्प्सायरमा उनी गुञ्जिनेछन् भने जुनको पहिलो साता टेक्सासमा सांगीतिक प्रस्तुति दिनेछन् ।
त्यसपछि क्यानडाका दुई ठाउँमा कार्यक्रम हुने उनले बताए । २१ जुनमा टोरन्टो र २८ जुनमा विनिपेग सहरमा कार्यक्रम तय छ ।
अमेरिका र क्यानडापछि उनी फेरि बेलायतको लण्डनमा हुने कार्यक्रममा गुञ्जिनेछन् । त्यसपछि उनी स्वदेश फर्किनेछन् ।
प्रतिक्रिया 4