Comments Add Comment

नासा-एन्मा नबौं संयुक्त सम्मेलन भब्यताका साथ सम्पन्न

सूर्य थापा

न्युयोर्क । अमेरिकामा रहेका नेपालीहरुका दुई ठुला संस्था नासा र एन्माको नबौँ संयुक्त सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ । साउथ क्यारोलीनाको स्पार्टनबर्गमा तीन दिन सम्म चलेको संयुक्त सम्मेलनमा अमेरिकामा रहेका आठ सय भन्दा धेरै नेपालीहरुको सहभागितामा सम्मेलन सम्पन्न भएको छ । अमेरिकाको लागि नेपाली राजदुत डाक्टर शंकर प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनमा रक्तदान, खेलकुद, ट्यालेण्ट शो, बालबालिकाहरुका बिबिध कार्यक्रमहरु, सांस्कृतीक कार्यक्रम, भ्रष्ट्राचार बिरुद्धको अभियानको बारेमा छलफल, ब्यवसायिक बिकासको बारेमा छलफल लगाएतका बिभिन्न कार्यक्रमहरुको साथ सम्पन्न भएको हो । ३३ बर्ष पहिले स्थापना भएको एशोसिएसन अफ नेप्लीज इन मिडवेष्ट अमेरिका एन्मा र २२ बर्ष पहिले स्थापना भएको नेप्लीज एशोसिएसन इन साउथइस्ट अमेरिका नासाले बिगत नौ बर्षदेखि संयुक्त रुपमा सम्मेलनको आयोजना गर्दैआएका छन् ।1

हरेक बर्षको अमेरिकन लेबर डेको सन्दर्भ पारेर आयोजना गरिने कार्यक्रम नासा र एन्माले पालैपाले सम्मेलनको संयोजन गर्दछन् । नासाका निर्बतमान अध्यक्ष डाक्टर संजिब सापकोटाका अनुसार नासा र एन्माको संयुक्त सम्मेलनमा यती धेरै नेपालीको सहभागिता रहनु निकै सरहानिय र उदाहरणिय भएको बताउनुभयो । सम्मेलन आयोजक संस्था स्क्यानका अध्यक्ष मनिष शाक्यका अनुसार आफुहरुले सोचे भन्दा धेरैको संख्यामा उपस्थित भएकोले कार्यक्रमको ब्यवस्थापन गर्न केहि कठिन भए पनि सम्मेलन ऐतिहासीक भएकोमा खुशी ब्यक्त गर्नुभयो । यस बर्ष नासाको अगुवाईमा साउथ क्यारोलिनामा बस्ने नेपालीहरुको संस्था स्क्यानको आयोजनामा सम्पन्न भएको हो । यस पटकको सम्मेलनमा नासाले नयां नेतृत्वको समेत चयन गरेको छ । दुई बर्षका लागि चयन गरिने नयां कार्यसमितीमा साउथ क्यारोलीनामा बस्दै आउनुभएका डाक्टर रामचन्द्र बरालको नेतृत्वमा २१ सदस्यीय नयां कार्यसमितीको निर्माण गरिएको हो । समितीका अधिकाशं पदहरु सहमतीमै चयन भए पनि बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सह सचिव पदका लागि भने निर्बाचन भएको थियो । आइतबार भएको निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा फ्लोरिडाका बिमल नेपाल बिजयी हुनुभएको थियो भने उपाध्यक्षमा जर्जियाका शैलेन्द्र ब्रजाचार्य र सह सचिबमा जर्जियाकै अम्बीका लोहनी शर्मा बिजयी हुनुभएको थियो ।2

३ दिन सम्म चलेको सम्मेलनमा बिभिन्न क्षेत्रका उत्कृष्ट ब्यक्तीहरुलाई बिभिन्न शिर्षकमा सम्मान समेत गरिएको थियो । सम्मेलनको दोश्रो र तेश्रो दिन नासाका पुर्व अध्यक्ष राजा घले र कैलास कायस्थको संयोजनमा भएको बिषेश सास्कृतीक कार्यक्रममा बरिष्ठ कलाकारहरु मिरा राणा, ओम बिक्रम बिष्ट, प्रेम राजा महत, यज्ञमान शाक्य, जगदिश समाल लगाएतका स्थानीय कलकारहरुको जोडदार प्रस्तुती रहेको थियो । सम्मेलनको अन्तीम दिन आगामी बर्ष एन्माको संयोजनमा हुन लागेको दशौं संयुक्त सम्मेलन क्लोराडोमा हुन लागेको जानकारी दिइएको थियो । एन्माका अध्यक्ष गोपेन्द्र भट्टराइका अनुसार क्लोराडोमा हुन लागेको दशौं संयुक्त सम्मेलनको क्लोराडोमा रहेका नेपालीहरुको संस्था रक्की माउण्टेन फ्रेण्स अफ नेपाल र नेपाली घरको संयुक्त आयोजनमा हुनेछ ।

तस्वीर : धनमन थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment