Comments Add Comment

दिपक र ‘तीतो सत्य’ उस्तै, यो जुनीमा बिहे हुदैन : दीपाश्री निरौला

हाँस्य सिरियल ‘तितो सत्य’की चर्चित कलाकार दिपाश्री निरौलाले आफ्ना सहकर्मी दिपकराज गिरीसँग यो जुनीमा बिहे नहुने तर्क गरेकी छिन् । दिपकले बिहेको प्रस्ताव राखे के भन्नुहुन्छ भन्ने एक प्रश्नमा दीपाले भनिन्, ‘यो देशमा बहु बिबाहको कानुन छैन यसैले दिपकलाई अर्को जुनीमा सँगै बाचौला भन्ने जवाफ दिन्छु ।dipak-and-dipa

’यदि दिपकको बिहे नभएको भए तपाइसँग बिहे हुन्थ्यो त भन्ने प्रश्नमा भने दीपाले पक्कै पनि हामी जोडी भएर घरजम गथ्र्यौ भन्ने जवाफ दिएकी छिन् । उनका अनुसार दिपक र चर्चित हाँस्य सिरियल ‘तितो सत्य’ पर्याबाची जस्तै छ । दीपाले आफूले दुबैलाई नै रोज्ने बताएकी छिन् ।

सेक्सलाई शारीरिक आवश्यकता भन्दै दीपाले यसलाई कसरी लिने भन्ने कुरा मात्र मानिस अनुसार फरक पर्ने तर्क गरिन् । आफ्नो बिहे कहिले हुन्छ भन्ने कुरा कि भगवानलाई कि त आफूलाई मात्र थाहा भएको तर्क दीपाको छ । दीपाले कलाकारिता क्षेत्रबाट टाढा हुन नसकेरै आफूले बिहे नगरेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment