Comments Add Comment

यूसए ओपनको उपाधिका लागि सेरेना र अजारेन्का भिड्ने

२२ भदौ, काठमाडौं । यूसए ओपन टेनिसको उपाधिका लागि डिफेण्डिङ च्याम्पियन सेरेना विलियम्स र भिक्टोरिया अजारेन्का भिड्ने भएकी छिन् ।

फाइनलमा स्थान बनाउने क्रममा दोस्रो बरियताका अजारेन्काले इटालियन फ्लाभिया पेनेटालाई ६–४ र ६–२ को साझो सेटमा पराजित गरेकी छिन् ।

३१ वर्षीया विश्व नक्बर एक सेरेनाले भने लि नालाई ६–० र ६–३ को सोझो सेटमा पाखा लगाएकी छिन् । खेलपछि सेरेनाले भनेकी छिन्–‘यो निकै राम्रो खेल थियो । लि ना बास्तबमै उत्कृष्ट खेलाडी हुन् । म केही नभर्स भएकी थिएँ । तर म सफल भएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment