Comments Add Comment

एनआरएन मध्यपूर्व संयोजकमा यूएईबाट चन्द्र रोकाहको उम्मेदवारी

उमाकान्त पाण्डे

 अबुधावी । गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकालको लागि उम्मेदवारी दिने क्रम बढेको छ । मध्यपुर्वका खाडीमुलुकमा कार्यरत नेपालीको नेतृत्व गर्दै यूएईबाट चन्द्रबहादुर रोकाहले मध्यपुर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।  रोकाह एनआरएन यूएईका वर्तमान कार्यसमितिका अध्यक्ष हुन् । chandra-rokayaदुबर्इको याक एन्ड यती रेस्टुरेन्टमा शुक्रबार पत्रकार सम्मेलन गरि रोकाहले उम्मेद्‍वारीको घोषणा गरेका हुन् । उम्मेद्‍वारी दिने घोषणा गर्दै रोकाहले गैर आवासीय नेपालीहरुको समस्या समाधानको लागि योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

 वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्यपूर्वी मुलुकमा रहेका नेपाली कामदारमाथि हुने उत्पीडनको घटना न्यूनीकरण आफ्नो प्राथमिकतामा पर्ने उनले बताए । वैदेशिक रोजगारको सुरक्षित कार्यचयन, सुसूचित गमन, मर्यादित आगमन र सम्मानजक पुनःस्थापनामा जोड दिदै एनआरएन एनसीसीमा रहेर काम गर्दाका अनुभबका आधारमा आफु अघि बड्ने उनले वताए । ‘युरोपमा बस्ने नेपाली मात्र एनआरएन होइनन, उनीहरुको बर्चस्व धेरै भयो भनेर गरिने गुनासोलाई आफ्नो उम्मेदवारी ‘जबाफ’ हो,’ उनले भने ।

 आगामी अक्टोबरमा नेपालमा हुने विश्व सम्मेलनले नयाँ कार्य समिति गठन हुने छ । रोकाहको उम्मेदवारी खाडी मुलुक बाट पहिलो हो । यसअघि यूएईमै काम गरी हाल नेपालमा रहेका रामेश्वर शाहले एनआरएन केन्द्रिय अध्यक्षको रुपमा उम्मेदवारी सार्वजनिक गरेका छन् । त्यस्तै एनआरएनको प्रमुख पदमा अष्ट्रेलियाको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment