Comments Add Comment

असन्तुष्टलाई सहमतिमा ल्याएर मात्र चुनाव : थापा

२२ भदौ, भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याएर मात्र चुनाव गर्नुपर्ने बताउनुभएको छ ।

Kamal-thapaराप्रपा नेपाल भक्तपुरले शनिबार मध्यपुरथिमिमा आयोजना गरेको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा थापाल वैद्य माओवादीलगायतका असन्तुष्ट दललाई सहमतिमा ल्याउन चार दलीय उच्चस्तरीय राजनीतिक संयन्त्र असफल भए राष्ट्रपतिले हस्तक्षेप गरेर भए पनि सहमतिमा ल्याउनुपर्नेमा जोड दिनुभयो । वैद्य नेतृत्वको माओवादीलगायतलाई निर्वाचनमा नल्याई गरिएको निर्वाचनले सफलता हासिल गर्न नसक्ने दाबी गर्दै उहाँले भन्नुभयो- ‘सफल निर्वाचनका लागि उनीहरूलाई सहमतिमा ल्याउनै पर्छ ।’

उहाँले भन्नुभयो- ‘अहिले राष्ट्रियता सङ्कटमा छ, यसलाई जोगाउनु छ, यसका लागि हामी हिन्दू राज्यदेखि राजासम्म र राजादेखि माओवादीसम्मलाई अटाएर समृद्ध नेपाल निर्माण गर्नेछौँ ।’ कार्यक्रममा राप्रपा नेपालकी केन्द्रीय सदस्य यवती कार्की, वासुदेव कार्की, दिनेश श्रेष्ठलगायतले आगामी निर्वाचनमा राप्रपा नेपाल हिन्दू राज्यको माग गर्दै निर्वाचनमा होमिएको बताउनुभयो ।

कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष थापाले मध्यपुरथिमि र भक्तपुरबाट नेपाली काँग्रेसलगायत विभिन्न पार्टी परित्याग गरेर आएका नेता तथा कार्यकर्तालाई टीका तथा माला लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment