Comments Add Comment

‘लभ स्टोरी’मा आधारित हरितालिका तीज (फोटो फिचरसहित)

२३ भदौ, काठमाण्डौ । आज हिन्दूनारीहरुको महान पर्व हरितालिका तीजको ब्रत बस्ने दिन हो । आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै आज महिलाहरु निराहार ब्रत बस्छन् भने अविवाहित नारीहरुले राम्रो पति पाउँ भन्दै ब्रत लिने गर्दछन् । तीजको ब्रत प्रेमसम्बन्धी मिथकमा आधारित छ । सतीदेवीको अर्को रुप मानिने पार्वतीले शिवजीलाई मन पराएकी थिइन् । तर, अभिभावकहरुले उनको विवाह विष्णु भगवानसँग गरिदिने निर्णय गरे ।

teej-1

यस्तै घटना सतिदेवीका सन्दर्भमा पनि भएको थियो । शिवजीजस्तो जँड्याहासँग विवाह गरेको भन्दै सतीदेवीलाई हेला गरिएका कारण उनले यज्ञमा हाम्फालेर आत्महत्या गरेकी थिइन् । पछि पार्वतीलाई पनि यसैगरी शिवजीसँग विवाह गर्न नदिई विष्णुलाई नै भिराउन खोजिएपछि पार्वतीले आफूले ‘लभ’ गरेका शिवजीसँगै विवाह गर्न पाउनुपर्ने जिकिर गरिन् ।

teej-2

पार्वतीको विवाह विष्णु भगवानसँग गर्ने निधो भएपछि साथीहरुको माध्यमबाट पार्वती भागिन् । हरि भगवानबाट लुकाइएको हुनाले यसै प्रशंगबाट ‘हरितालिका’ भन्न थालिएको पुरोहितहरु बताउँछन् । हरिबाट लुकाइएकी पार्वतीले शिवजीलाई नै पति पाउँ भन्दै पानीसमेत नखाई निराहार ब्रत बसेपछि शिवजी पति पाएको र यसैलाई आधार मानेर तिजको ब्र्रत प्रारम्भ भएको बताइन्छ ।

teej3

आजको दिन ब्रत बसे अविवाहिता महिलाले राम्रो वर पाउने, श्रीमान भएकाहरुको पतिको स्वास्थ्य राम्रो हुने र एकल महिलाका पतिको आत्माले शान्ति पाउने हिन्दु मान्यता रही आएको छ । आजको दिनलाई श्रीकृष्ण भगवानको न्वारानको दिन समेत मानिन्छ । कृष्ण अष्टमीको ११ औं दिनमा हरितालिका तिज पर्छ ।

तिजको अवसरमा चेलीबेटीहरुलाई माइत बोलाउने र मीठोमीठो खान दिने चलन छ । हिन्दूहरुले मात्रै नभई गैर हिन्दूहरुले पनि तिजमा आफ्ना छोरीचेलीलाई माइतमा बोलाउँछन् र मीठो मीठो खुवाउँछन् । कतिपय अवस्थामा आदिवासी जनजातिहरुले दशैंलाई हिन्दूमात्रको पर्व भन्दै बहिस्कार गर्ने र टीका नलगाउने अभियान चलाए पनि तीजलाई भने आर्य, मंगोल हिन्दू, गैह्रहिन्दू सबैले मान्ने भएकाले यो पर्वलाई सामाजिक सद्भाव एवं एकताको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

फेरिन थालेको आधुनिक तीज

तिजको मिथक र परम्परा जस्तो भए पनि यतिबेला यसको स्वपरुप फेरिन थालेको छ । कतिपयले यसलाई विकृतिका रुपमा पनि लिन थालेका छन् । तिज आउनुभन्दा एकमहिना अगाडि देखि नै भोज र नाचगानको आयोजना गर्ने, तिजको अवसर भन्दै फजुल खर्च गरेर विभिन्न कार्यक्रम र खानपिन कार्यक्रम गर्ने प्रचलन शहरमा बढिरहेको छ । तीजका गीतको ‘भिजुअल’ निकाल्ने नाममा उछृंखलतातिर उन्मूख भएको गुनासाहरु पनि सुनिन थालेका छन् ।

teej4

त्यसैगरी ब्रतका नाममा निराहार बसेर आफ्नो स्वास्थ्यमा प्रतिकूल असर पर्न दिनु हुँदैन भन्ने प्रगतिशील मान्यता पनि बढ्न थालेको छ । ब्रतको साटो पूजाआजामात्रै गर्ने वा ब्रत बस्दा पानी र फलफूल खाने राम्रो प्रचलन बढेको छ । चाडपर्वका राम्रा पक्षलाई आत्मसाथ गर्दै विकृतितर्फ जान नदिनु राम्रो हन्छ । आफ्ना चेलीबेटीहरुलाई माया ममता गर्ने, भलगडा भएको छ भने मेलमिलाप गर्ने र श्रीमान श्रीमतीवीचको प्रेमसम्बन्धलाई सुमधुर बनाउने अवसरका रुपमा तीज मनाउन सकिए यसले धार्मिक हिसाबले मात्रै नभएर सामाजिक एवं सांस्कृतिक रुपले पनि महत्व राख्ने छ । साथै तीजमा गाइने गीत संगीतलाई अश्लीतलातर्फ भन्दा लोक संस्कृतितर्फ बढावा दिन सकिए लोक संस्कृतिको जगेर्नामा पनि यसले योगदान गर्न सक्छ ।

teej5

teej6

teej7

teej8

teej-3

teej-4

teej-5

teej-6

teej-7

teej-8

teej-9

teej9

तस्वीर : विकाश श्रेष्ठ/सुमित शाक्य/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment