Comments Add Comment

कतारमा मनाइयो हरितालिका तीज (फोटोफिचर)

भोला थापा क्षेत्री

दोहा । विभिन्न शिलशिलामा नेपालवाट कतार पुगेका नेपाली महिलाहरुले हरितालिका तीज पर्व भव्यताका साथ मनाएका छन् । ‘नेपाली महिला समाजको चाहना एकता र सहयोगको सामाजिक भावना’ भन्ने मुलनाराका साथ कतारमा स्थापित पहिलो महिला सामाजिक संस्था नेपाली महिला समाज कतारले रमाईलो तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन गरेको हो । संस्थाकी महासचिव जानुका बस्नेत खड्काले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष रेखा राईको सभापतित्व रहेको थियो भने नेपाली नियोग कतारकी राजदूत डा. मायाकुमारी शर्मा प्रमुख अतिथि थिईन ।

1

व्यानर उद्घाटनसंगै नेपाली राष्ट्रिय गान गाएर शुरुवात गरिएको उक्त कार्यक्रममा संस्थाकी सचिव अमिना खानले स्वागत मन्तव्य राखेकी थिईन । मन्तव्यका क्रममा प्रमुख अतिथि राजदुत शर्माले तीज पर्व २०७० को शुभकामना व्यक्त गरेकी थिइन् । शुभकामना मन्तव्य दिदै विशेष अतिथि भर्जिनिया कमनवेल्थ युनिर्भसिटी, आर्ट एण्ड हिस्टोरी विभाग कतारकी डाईरेक्टर डा. डिना बाङदेलले तीज पर्वको अवसरमा यति धेरै नेपाली दिदी बैनी /दाजुभाईको जमघट भएर तिज मनाउन पाउदा आफुलाई निकै खुसी भएको बताइन् ।2

यसैगरी एनआरएनए गल्फ संयोजक नेरन्द्र भाट, महिला प्रतिनिधी रमि तामाङ, लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सस्थाकी प्रथम उपाध्यक्ष रोजीना बास्तोलाले तीजको महत्ववारे प्रष्ट पारेकी थिईन । कार्यक्रमकी सभापति अध्यक्ष रेखा राईले नेपाली महिला समाजले आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने कतारमा छरिएर रहेका नेपाली समाजहरुलाई धन्यवाद प्रकट गरिन् ।  कार्यक्रममा संस्थालाई स्थापनकाल देखिनै विभिन्न कार्यहरुमा सहयोग गरेको भन्दै राम राई,नेत्र न्यौपाने, हर्क खजुम लिम्बु, विजय लिम्बु, सम्सेर गैह्रे , सुरेश मगर, भुपराज दवाडी, रामु वस्याल, सौगात अलि, राम देब यादब, गणेश राई, थर्चा लामा, विजय यादब, अशोक खानाल, भिमसेन कार्की लगायतलाई प्रमुख अतिथि तथा बिशेष अतिथिद्धारा खादा ओडाएर सम्मान गरिएको थियो ।3

कतारमा छरिएर रहेका विभन्न सांगितिक संस्थाहरुले सांगितिक प्रस्तुतीद्धारा मनोरञ्जनमा साथ दिएका थिए । संयुक्त नृत्यमा संगिता लामा, प्रमिला बस्नेत, रमा आचार्य, कुमारी बस्नेतले ओठमा लाली लाकैहो भन्ने भाकामा वेजोड नृत्य प्रस्तुत गरेका थिए । बिनोद चौधरी , बलेन्द्र सुनुवार, इमान जंग बानियाँ, बिना घतानी, इसा घतानी, हसिना बानुले रातो सारी सबैको काधैमा बोलको गीतमा संयुक्त नृत्य प्रस्तुत गरेका थिए भने फुलमायाँ तामाङले लरकै लर्कौ रातो सारी भुईमा भन्ने बोलमा गीत प्रस्तुत गरेर थप मनोरञ्न प्रदान गरेकी थिइन् । जनक मगर, उमेश, तिर्थ राई , अजित गुरुङ, भुमिका राईले लाउरे फुली लालु माई बोलको गितमा संयुक्त नृत्य प्रस्तुत गरेका थिए । यो फुल जस्तो त्यो मन भए बोलको गितमा संगिता लामा र विरेन्द्र कुमार याक्थुम्बाले युगल नृत्य मार्फत मनोरञ्जन दिलाएका थिए भने भविन्द्र रिखम मगर, बबिन राई, जनक थापा मगर, सम्झना राना मगर, चन्द्र राई भुमिका राईले भेटभएको वेलामा सालै जो बोलको गितमा संयुक्त नृत्य प्रस्तुत गरेका थिए । मधुसुधन डाँगी र ईन्दीरा शाही दोहोरी गितलेे दर्शकहरुलाई छमछमी नचाएको थियो ।

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment