Comments Add Comment

शिक्षालयलाई विशुद्ध प्राज्ञिक थलो बनाऔँ : यादव

२३ भदौ, काठमाण्डौ । राष्ट्रपति डा. रामवरण यादवले सान्दर्भिक तथा जीवनोपयोगी शिक्षाको पहुँच विस्तार गर्न तथा शिक्षालयलाई विशुद्ध प्राज्ञिक थलोका रुपमा विकास गर्न सबै सरोकारवालाको सहभागिता, सहकार्य र प्रतिबद्धताको आवश्यकता अनुभूति गरिएको बताउनुभएको छ ।

rambaran-yadhav

राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा शिक्षा मन्त्रालयले राष्ट्रपति भवन शीतल निवासमा आइतवार आयोजित विभूषण प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय समुदाय ज्ञानमा आधारित समाज निर्माणमा अघि बढिरहेको परिप्रेक्षमा हाम्रा शैक्षिक संस्थाको प्रभावकारिता हाम्रा निम्ति चुनौतीका रुपमा रहेको उल्लेख गर्नुभयो ।

विभिन्न विषयमा विद्यावारिधिको उपाधि प्राप्त गर्ने तथा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्वान विदुषीले आफूले आर्जन गरेको ज्ञान र सीपलाई राष्ट्र निर्माणमा लगाउन सल्लाह दिँदै राष्ट्रपति डा यादवले एक तिहाइभन्दा बढी सङ्ख्यामा रहेका निरक्षर नेपाली जनताप्रतिको दायित्व पूरा गर्नेतर्फ समेत आफ्नो विवेक र बुद्धि लगाउन सुझाउ दिनुभयो । सिमित स्रोत, साधन भएर पनि राज्यले आफ्नो लागि गरेको लगानीको सम्मान गर्दै अब राष्ट्रका लागि यो क्षमता उपयोग गर्छु भन्ने प्रण गर्ने बेला आएको उहाँले उल्लेख गर्नुभयो ।

हरेक सम्भावनालाई उजिल्याउन पनि अवसर पाउनुपर्छ भन्नेमा दुई मत रहन नसक्ने बताउँदै राष्ट्रपति यादवले देशको उच्चशिक्षाको कूल विद्यार्थी भर्ना दर १४ प्रतिशतको हाराहारीमा सीमित रहेको तथ्यलाई मनन गर्दा उच्च शिक्षा प्राप्त गर्ने अरू सबैले आफूलाई भाग्यमानीको कोटीमा परिएको महसुस गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।राष्ट्रपति डा यादवले भन्नुभयो-“यहाँहरुले हासिल गरेको सफलताले क्षमता र सम्भावनालाई दर्साएको छ, आगामी दिनमा देश विकासका निम्ति कर्तव्यबोध गर्दै आत्मविश्वास एवम् लगनशीलताकासाथ हर क्षेत्रमा सक्षम साबित गर्दै ती सम्भावनालाई यथार्थमा रुपान्तरण गर्नेतर्फ लागि पर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।शिक्षामन्त्री माधव पौडेलले प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा यस्तै किसिमको उपलब्धि हासिल गरेर मुलुकको सेवामा योगदान पुर्‍याउन नेपाल भूषण विद्यापदक प्राप्त गर्ने सबै विद्यार्थीलाई सुझाउ दिनुभयो । समारोहमा डा यादवले २४८ जना विद्यार्थीलाई विद्याभूषण पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सरकारले यस वर्षको शिक्षा दिवसको नारा बालमैत्री, अनिवार्य शिक्षा ज्ञान र सीपको सुनिश्चिताता तय गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment