+
+
Shares

भ्रष्टाचारी सावित गर्न प्रचण्डलाई गच्छदारको चुनौति

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २३ गते १०:४१

२३ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसी नेताहरु बद्नाम र भ्रष्टाचारी भएको पुष्टि गर्न एमाओवादीका अध्यक्ष प्रचण्डलाई चुनौति दिनु भएको छ । हालै प्रचण्डले मधेसी नेता शिरदेखि टुप्पोसम्म भ्रष्ट र बद्नाम रहेको आरोप लगाउनु भएको थियो ।

bijayaमधेशी पत्रकार संघले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा गच्छदारले सत्ताका लागि जस्तोसँग पनि सहकार्य गर्ने एमाओवादी भ्रष्ट र स्वार्थी हो कि मधेशवादी यो कुराको जवाफ एमाओवादीले दिनुपर्ने बताउनुभयो । ‘मधेसवादी दल बद्नाम र भ्रष्टाचारी हो भन्ने कुरा पहिला नै सोच्नुपर्ने थियो’ उहाँले भन्नुभयो-‘चाहिएको बेलामा मधेसीसँग सहकार्य गर्ने अनि आफ्नो स्वार्थ पूरा भएपछि बद्नाम गराउने माओवादीको यो प्रवृति सही होइन । त्यसैले उहाँलाई चुनौति दिन्छु कि यसलाई पुष्टि गरियोस् ।’

प्रचण्ड लगायत अन्य ठुला दललाई मधेसबाट चुनाव लड्ने नैतिक आधार नरहेको भन्दै उहाँले कुनै पनि मधेशी नेतालाई पहाडबाट जिताउन उहाँहरुलाई चुनौति दिनुभयो । ‘गम्छा र धोती लगाएर मधेसी जनतको मन जित्ने अवस्था गईसक्यो अब यस्ता नौटकीबाजहरुबाट मधेशी जनता सचेत छ, उहाँले भन्नुभयो-‘मधेसी जनताले विश्वेश्वर प्रसाद कोइरालादेखि गिरीजाप्रसाद कोइराला, सुशील कोइराला, माधव नेपाललगायतलाई मधेसबाट जिताएर पठाएका छन् तर उहाँहरुले पहाडमा आजसम्म कुनै नेतालाई जिताएका इतिहास छैन ।’

मधेसमा चुनावी तालमेलका आवश्यकतामाथि जोड दिँदै उहाँले मधेसवादी दलमा तालमेल नभए यसको फाइदा एमाओवादी, काँग्रेस र एमालेलाई हुने बताउनु भयो । उहाँले महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीसँग चुनावी तालमेलका लागि सैद्धान्तिक सहमति भएपनि अन्य कुरामा सहमति हुन नसकेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?