+
+
Shares

एसएलसी पू्रक परीक्षामा ६७ हजार उत्तिर्ण

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २४ गते ११:२४

२४ भदौ, काठमाडौं । एसएलसी पू्रक परीक्षामा ६० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार प्रकाशित गरेको परीक्षाफलमा ६७ हजार ५१ परीक्षार्थी उत्तिर्ण भएका छन् ।

पू्रक परीक्षामा १ हजार ६ सय १० जना प्रथम श्रेणीमा पास भएका छन् भने ४८ हजार ८ सय ६७ जना दोश्रो र १६ हजार ५ सय ७४ जना तेश्रो श्रेणीमा पास भएका छन् ।

एक महिनाअघि भएको पुरक परीक्षामा १ लाख ११ हजार ७ सय २४ विद्यार्थी सहभागी भएका थिए । एसएलसी परीक्षामा दुई विषयमा फेल भएकाहरु पूरक परीक्षामा सहभागी भएका थिए ।

परीक्षाको नतिजा www.soce.gov.np र moe.gov.np, doe.gov.np, slc.ntc.net.np मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?