२४ भदौ, खोटाङ । चार दिनदेखि बेपत्ता खोटाङका एक शिक्षक मृत फेला परेका छन् ।
छितापोखरी-३ का वीरवल खड्का सदरमुकाम दिक्तेलबाट बिहीबार घर फर्किँदा लफ्याङ-६ स्थित जङ्गलमा आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभयो ।
४८ वर्षका खड्काको अत्यधिक मादक पदार्थ सेवनका कारण ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । खड्का छितापोखरी-२ स्थित पञ्चकन्या प्राविका शिक्षक हुन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4