Comments Add Comment

धिरज राइकी धर्मपत्नी र नम्रतासँग आर्यनको ‘नोभेम्बर रेन'(फोटो फिचरसहित)

अन्तत नायक आर्यन सिग्देल औपचारिक रुपमै नेपाली सिनेमाको निर्माता बनेका छन् । पत्रकार सम्मेलन गरी उनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘नोभेम्बर रेन’को बारेमा जानकारी गराइयो ।aaryan-and-namrataभाद्र ३० गतेबाट छायांकनमा जाने यो चलचित्रबाट नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक धिरज राइकी धर्मपत्नी छुल्थिम गुरुङ पनि रजतपटमा भित्रिदैछिन् । चलचित्रमा नायक आर्यन सिग्देल, नायिका नम्रता श्रेष्ठ, केशव भट्टराई, हिउवाला गौतम, अमितेश शाह, शिशिर राना, अल्पना कर्मचार्य, महेश त्रिपाठी, अर्जुन खड्का र राजु लामाको मुख्य भूमिका रहनेछ ।november-rain-muhurtaआर्यन सिग्देल इन्टरटेन्मेन्टको प्रस्तुतीमा सुवास इन्टरटेन्मेन्टले यो सिनेमाको निर्माण गर्न लागेको हो । यसअघि ‘हो यही माया हो’ नामक सिनेमा निर्माण गरेका सुवास गिरीले ‘नोभेम्बर रेन’मा लगानी गर्दैछन् । सुवासले अघिल्लो चलचित्रबाट सिकेर नयाँ स्तरिय सिनेमा निर्माण गर्न लागेको बताए ।namrata-aaryan-and-chhulthi

november-rain-teamयस्तै कार्यक्रममा बोल्दै निर्माता तथा नायक आर्यन सिग्देलले ‘नोभेम्बर रेन’लाई आफूले बनाएको सिनेमा भनेर गर्व गर्न योग्य बनाउने दाबी गरे । चलचित्रका निर्देशक दिनेश राउतले चलचित्र भनेको वास्तविक जीवन भन्दा परको र नभोगेको बिषयमा बन्ने भन्दै समिक्षकहरुलाई पहिले नै स्पष्टिकरण दिएका थिए ।

कमल गिरी कार्यकारी निर्माता रहेको यो सिनेमामा राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, चेतन गुरुङको लेखन, ताराप्रकाश लिम्बुको संगीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन रहने बताइएको छ ।aaryan-talking-about-novembपूर्णतया लभस्टोरी कथामा तयार हुने चलचित्रको जानकारी कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी लगायतले शुभकामना दिएका थिए ।

चलचित्रको जानकारीसँगै प्रदर्शन मिति पनि घोषणा गरियो । यो चलचित्र प्रेम दिवसको अवसर पारेर देशभरका हलमा प्रदर्शनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment