+
+
Shares

सभासद्को भत्ता फिर्ता माग्दै आमरण अनसनमा

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २४ गते १९:०४

२४ भदौ, काठमाडौं । विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने ६०१ सभासद्ले तलबभत्ता फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल गौरवशाली पार्टीका सचिव बालकृष्ण लम्साल रत्नपार्कस्थित शान्तिबाटिमा सोमबारदेखि आमरण अनशनमा बस्नुभएको छ ।

पूर्व सभासद्ले तलबभत्ता फिर्ता नगरे आगामी मङ्सिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनमा उम्मेदवारी परित्याग गर्ने उहाँको भनाई छ । गौरवशालीपार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पहिलो संविधानसभामा सहभागी सभासद्ले चार वर्षसम्म तलबभत्ता खाएर देशलाई संविधान दिन सकेनन्, फेरि पनि उनैलाई दोस्रो संविधानसभाको निर्वाचनमा उम्मेदवार बनाउने तयारी भइरहेको छ, यसप्रति हाम्रो पार्टी विरोध र खेद प्रकट गर्दछ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?