+
+
Shares

राजश्वले शम्भु थापाको सामान सर्वोच्चमा बुझायो

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १८:२०

२५ भदौ, काठमाडौं । राजश्व अनुसन्धान विभागले वरिष्ठ अभिवक्ता शम्भु थापाको ल फर्मबाट नियन्त्रणको लिएको सम्पूर्ण सामान सर्वोच्च अदालतमा पेश गरेको छ । राजश्वको टोलीले सामान बुझाएको सर्वोच्चका प्रवक्ता श्रीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

दुबै पक्षको सुनुवाई भने आइतबारलाई सरेको छ । न्यायाधीश ज्ञानेन्द्रबाहादुर कार्की र गिरिशचन्द्र लालको इजलासमा पेशी तोकिएको छ । तर, ज्ञानेन्द्रबहादुर कार्कीले हेर्न नमिल्ने भएपछि पेशी आइतबारलाई सरेको छ ।

राजश्वले शुक्रबार थापाको लिगल एडभाइजर्स फोरममा छापा मारेर ल्यापटप, सीपीयू र भ्याटविल प्याड २ थान नियन्त्रणमा लिएको थियो । आफ्नो फर्ममा गैरकानुनी रुपमा छापा मारेको भन्दै थापाले दायर गरेको रिटमा प्रारम्भीक सुनुवाई गर्दै सर्वोच्चले कारबाही अघि नबढाउन अन्तरिम आदेश दिएको थियो भने नियन्त्रणमा लिइएको सबै समान अदालतमा पेश गर्न भनेको थियो ।

अर्कोमा पनि अन्तरिम आदेश

यसैबीच सर्वोच्चले अर्का अधिवक्ता उद्धव केसीको जनचेतना ल फर्ममाथिको कारवाही अघि नढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले कार्कीको ल र्फमको मुद्दालाई पनि थापाको संगै राखेर पेश गर्न भनेको छ । साथै ३० गते छापाका क्रममा नियन्त्रणमा लिइएको सामानसहित उपस्थित हुन राजश्व अनुसन्धान विभागलाई आदेश दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?