Comments Add Comment

मुक्तिनाथ विकास बैंकले २७ प्रतिशत लाभांश दिने

Muktinath-bikas-bank

२५ भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको ११४ औं बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको आगामी साधारणसभामा पेश गर्नुपर्नेछ ।

यसैबीच, कम्पनीले ३० प्रतिशत हकप्रद दिने निर्णय कार्यान्वयन गर्ने जनाएको छ । यसको लागि आगामी असोज ६ गते बुक क्लोज गर्ने बैंकले जनाएको छ ।

बैंकले प्रतिसेयर ४० रुपैयाँ आम्दानी गर्ने गरी गत आवमा ९ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको चुक्ता पुँजी २४ करोड ५० लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment