Comments Add Comment

कस्तो तर्क : मन्त्रीपरिषद्का अध्यक्ष आउनु नै फत्तेमानका लागि राष्ट्रिय सम्मान(भिडियो)

‘मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्न सकिन’, नेपाली गीतसंगीतका श्रोताका लागि गायक फत्तेमान राजभण्डारीको नाम निक्कै चर्चित छ । पुराना देखि आधुनिक पुस्तासम्म उनका गीतसंगीतमा टोलाउने गर्छन्, हराउने गर्छन् ।fateemanतर उनै गायक फोक्सोको क्यान्सर भएर अस्पतालमा भर्ना हँुदा सम्म नेपाल सरकारले आर्थिक सहयोगका लागि कुनै कदम चालेन । केही दिन अघि मात्र काठमाण्डौको ओम अस्पतालमा भर्ना भएका फत्तेमानको ७७ बर्षको उमेरमा निधन भयो । उनीसँगै आधुनिक संगीतको एउटा पाटो सेलायो, कर्णपि्रय स्वर अस्तायो ।

को हुन् फत्तेमान ?

वि.सं १९९३ साल मंसिर १३ गते बुबा जीतमान राजभण्डारी र आमा पूर्णमाया राजभण्डारीको तेश्रो सन्तानको रुपमा फत्तेमानको जन्म भएको थियो । उनका श्रीमती , दुई छोरा र एक छोरी छिन् ।fatteman4फत्तेमानले ४ सय कालजयी गीत र भजनमा आवाज दिएका छन् । आफ्नो सांगीतिक करिअरको सुरुवात भजनबाट गरेका फत्तेमानले २०१८ सालमा गीत गाउनका लागि रेडियो नेपालमा प्रवेश गरेका थिए । फत्तेमानका ‘मर्न बरु गाह्रो हुन्न’, ‘यस्तो पनि हुँदो रहेछ’, ‘सान्नानीको गालैमा कालो कोठी रैछ’, ‘बनै खायो डडेलोले मनै खायो’ जस्ता चर्चित र मन छुने गीतहरु छन् ।

राष्ट्रिय सम्मानका लागि सरकारी कञ्जुस्याइँ किन ?

फत्तेमान राजभण्डारी जस्ता गायकलाई नेपाललाई जन्माउन निक्कै कठिन छ । नेपाली संगीतको विकास र विस्तारका लागि भन्दै आफ्नो जीवन अर्पण गर्न नेपाल सरकारले भने कञ्जुस्याइँ गरेको थियो । मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले फत्तेमानको पार्थिव शरिर माथि फूलमाला चढाउनु भन्दा अन्य केही गर्न सकेनन् । आफन्तहरुले राष्ट्रिय सम्मानको कुरा गरिरहदा मन्त्रीपरिषदका अध्यक्षले भने आफू आउनु नै फत्तेमानका लागि सम्मान भएको तर्क गरेका थिए ।

उनको यो तर्कले आफन्त, सांगीतिक क्षेत्रका श्रष्टाहरु निक्कै आक्रोशित भएका छन् । यस्तै फत्तेमानलाई श्रद्धाञ्जली दिन पुगेका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उनको निधनले राष्ट्रलाई अपूरणिय क्षती भएको भन्ने बनिबनाउ उत्तर दिएका थिए ।

श्रष्टाहरुलाई राज्यले कुनै पनि प्रकारको सम्मान दिन नसकेको गुनासो आइरहेको समयमा फत्तेमान प्रति राज्य निक्कै कठोर देखिएको छ । श्रोताको माया पाउदा पाउदै फत्तेमानले यो संसार छोडेका छन् । आखिर गीतले भनेजस्तै ‘मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्न सकिन’ झै भएको छ फत्तेमानका लागि । यो संसारबाट त उनी बिदा भए तर उनका लागि श्रोताको माया मार्न निक्कै गाह्रो पर्नेछ र श्रोताले पनि उनलाई बिर्सन सक्ने छैनन् । फत्तेमान राजभण्डारीको बिषयमा केही श्रष्टाहरुले दिएको प्रतिक्रिया यस्तो छ ः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment