२५ भदौ, काठमाडौं । आज मंगलबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार रुपैयाँ तोकेको छ ।
हिजो सोमबार महासंघले प्रतितोला छापावाल सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँ तोकेको थियो । त्यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ५७ हजार ८ सय ५० रुपैयाँ तय गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोलामा ३० रुपैयाँ घटेर १ हजार ४ रुपैयाँमा झरेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३५ रुपैयाँ रहेको थियो । २१ गतेदेखि करिब स्थिर रहेको मूल्य आज उल्लेख्य घटेको हो । आज डलरको मूल्य घटेको कारण पनि सुनको मूल्य घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4