+
+
Shares

असहाय बालबालिकालाई यती एयरले माउन्टेन फ्लाइट गराउने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १८:४६

२५ भदौ, काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एअरलाइन्सले नेपाल बाल संगठनको संरक्षणमा रहेका बालबालिकाहरुलाई माउन्टेन फ्लाइटमा लैजाने भएको छ । एयरलाइन्सले राष्ट्रिय बाल दिवसको अवसर पारेर संगठनमा आवद्ध १८ जना बालबालिकाहरुलाई सगरमाथा र अन्य हिमालहरुको अवलोकन गराउन माउन्टेन फ्लाइट गराउने भएको हो ।

Yeti-air-2

 बाल संगठनले संरक्षण विहिन अवस्थामा रहेका बालबालिकाहरुलाई विभिन्न दाताहरुको सहयोगमा उद्धार तथा संरक्षण गर्दै आएको छ । ‘बालबालिकाको कुरा सुनौं, बाल दुव्र्यवहार अन्त्य गरौं’ भन्ने मुल नारा बोकेर यती एयरलाइन्सले व्यवसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत माउन्टेन फ्लाइटमा लैजान लागेको बताएको छ ।

माउन्टेन फ्लाइटमा लैजाँदा संरक्षण विहीन बालबालिकाको मनोबल उच्च गराउनुका साथै मानसिक रुपमा उनीहरुलाई नयाँ उर्जा थपिने विश्वास यती एयरलाइन्सले लिएको छ । माउन्टेन फ्लाइटको अवसर ९ जना छात्र र ९ जना छात्राले प्राप्त गर्नेछन् । एयरलाइन्सले शनिबार माउन्टेन फ्लाइटमा लैजाने बताएको छ ।

Yeti-air

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?