+
+
Shares

संसद्ले बनाएको सरकारलाई बिचौलियाले बनाएको भन्न मिल्दैन : महेश बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १२:३१

२८ वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्ले बनाएको सरकारलाई बिचौलिया, दलाल र माफियाले बनाएको भन्न नमिल्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उनले विपक्षीले सरकारमाथि अनावश्यक आरोप लगाएको बताए । खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति उनको आपत्ति छ ।

‘म आग्रह गर्न चाहन्छु- यो सरकार यो संसद्ले बनाएको हो । संविधान बमोजिम यो सरकार संसद्ले बनायो’, उनले भए । तर, यसलाई विपक्षी दलको नेता प्रचण्डले अनावश्यक आरोप लगाएको उनको भनाइ छ । अगाडि भन्छन्, ‘तर, संसद्ले बनाएको सरकारलाई उहाँ (प्रचण्ड)ले हरेक पटक बिचौलिया, दलाल, माफियाले बनाएको भन्नुभयो ।’

यस्तो अभिव्यक्ति असंसदीय र अर्मयादित रहेको बर्तौलाले बताए । यो पूर्वाग्रहग्रसित अभिव्यक्ति भएको उनले बताए ।

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै नरहेको उनको भनाइ छ । ११ वटा विषय फोकस गरेको बताए । संविधान कार्यान्वयन, संविधानको रक्षा लगायतका विषय रहेको बताए ।

विगतमा भन्दा छोटो र मिठो रहेको उनले बताए । नीतस तथा कार्यक्रममा कमा र फुलिस्टपसमेत नफेरिने भनेर कतिपयले टिप्पणी गरेको भन्दै उनले जवाफ फर्काए, ‘सरकारले कमा र फुलिस्टप समेत चलाउन नपर्ने गरी ल्याएको छ । यस निम्ति सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?