+
+
Shares

ललितपुर नापी र यातायात कार्यालयबाट ३२ बिचौलिया समातिए

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार पक्राउ परेका बिचौलियाले सेवाग्राहीलाई अनावश्यक हैरानी दिने र अवरोध सिर्जना गर्ने गरेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १५:५३

२२ चैत, काठमाडौं । नेपाल प्रहरीले ललितपुर जिल्लाका नापी र यातायात व्यवस्था कार्यालयबाट ३२ जना बिचौलियालाई पक्राउ गरेको छ । आइतबार प्रहरीले ललितपुुर महानगरपालिका–५ लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयबाट ती बिचौलिया पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको टोलीले नापी कार्यालयबाट २१ जना र यातायात कार्यालयबाट ११ जना बिचलौलिया पक्राउ गरेको भनिएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार पक्राउ परेका बिचौलियाले सेवाग्राहीलाई अनावश्यक हैरानी दिने र अवरोध सिर्जना गर्ने गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको परिसरले जनायो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?