Comments Add Comment

एभरेष्ट बैंकले तोक्यो बुक क्लोजरको मिति

२६ भदौ, काठमाडौं । एभरेष्ट बैंकले साधारणसभाको लागि बुक क्लोजरको मिति तय गरेको छ । बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने साधारणसभाको लागि असोज २ देखि २४ गतेसम्म सेयर कारोबार बन्द हुने जनाएको छ ।

everest-bank(4)

बैंक सञ्चालक समितिले निर्णय गरेको लाभांश प्रस्तावमा नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकले साधारणसभाको तयारी थालेको हो । बैंकले सेयरधनीलाई ५० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

असोज २ गते अघि सेयर खरिद गर्ने सेयरधनी उक्त लाभांशको भागिदार हुन्छन् । हाल १ अर्ब ६० करोड रुपैयाँ रहेको एभरेष्ट बैंकको चुक्ता पुँजी उक्त बोनस सेयरपछि १ अर्ब ७६ करोड रुपैयाँ पुग्नेछ । साथै कन्भर्टिभल प्रिफरेन्स सेयरबाट चालू आर्थिक वर्षमा ४ करोड रुपैयाँ साधारण सेयरमा रुपान्तरण हुने हुँदा चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

नेपाल राष्ट्र बैंकले आगामी असारसम्म २ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउनुपर्ने व्यवस्था गरेको छ । चालू आर्थिक वर्ष २०७०÷०७१ को वित्तीय विवरणबाट प्रदान गरिने बोनस सेयरलाई समेत गणना गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । एभरेष्ट बैंकले बाँकी २० करोड रुपैयाँको पुँजी अर्को वर्षको बोनस सेयरबाट पु¥याउने भएको छ ।

एभरेष्ट बैंकले हरेक तीन÷तीन वर्षमा २० प्रतिशत गरी १५ वर्षमा पूरै साधारण सेयरमा परिणत हुने कन्भर्टिबल प्रिफरेन्स सेयर जारी गरेको छ । त्यसपछि पहिलो चरणको ४ करोड रुपैयाँ साधारणमा परिणत भइसकेको छ । बाँकी १६ करोड रुपैयाँबाट यो आर्थिक वर्षमा ४ करोड रुपैयाँ साधारणमा रुपान्तरण हुनेछ ।

अर्को वर्ष जारी हुने बोनस सेयर गणना हुने

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा जारी गरेको पहिलो निर्देशनमा आगामी असारभित्र २ अर्ब पुँजी पु¥याउने योजना पुसभित्र पेश गर्न भनिएको थियो । त्यसकारण चालू आर्थिक वर्षमै चुक्ता पुँजी वृद्धि हुने अर्थ लगाई लगानीकर्ताले एभरेष्ट बैंकबाट बढी बोनस सेयरको अनुमान गरेका थिए ।

राष्ट्र बैंकले जारी गरेको दोस्रो निर्देशनले चालू आर्थिक वर्षको वित्तीय विवरणबाट अर्को आर्थिक वर्षमा वितरण हुने बोनस सेयरलाई मान्यता दिने स्पष्ट गरेको छ । त्यसकै आधारमा एभरेष्ट बैंकले अर्को साधारणसभाबाट आवश्यक थप बोनस सेयर पारित गर्ने पुँजी योजना राष्ट्र बैंकमा पेश गरेको छ ।

बोनस सेयर अर्को वर्षको असोज कात्तिकमा पारित भए पनि त्यो रकम चालू आर्थिक वर्षकै लेखामा रहेको रकम भएको हुनाले असारभित्रै पुँजी पुगेको मानिने बताइएको छ । तर, यस्तो सुविधा केन्द्रीय बैंकले अहिले नै १ अर्ब ६० करोड रुपैयाँ पुँजी पुगिसकेको र कम्तीमा ४० करोड रुपैयाँ प्राथमिक पुँजीमा गणना हुने अन्य स्रोत (जगेडा) रहेको बैंकलाई मात्र दिएको छ । अन्य बैंकले हकप्रद सेयर जारी वा मर्जरको पुँजी योजना पेश गर्नुपर्ने छ ।

एडजसमेन्टमा समय सीमा

नेपाल राष्ट्र बैंकले लाभांश वितरणको प्रयोजनको लागि आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र एडजस्टमेन्ट भएको विवरण मात्र मान्य हुने व्यवस्था गरेको छ । आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

बैंकहरुले पाँच महिनासम्म एडजसमेन्ट गरेर मुनाफा हिसाब गरी लाभांश वितरण गर्ने गरेका थिए । नयाँ निर्देशनले वित्तीय विवरणमा पाँच महिनासम्मकै एडजसमेन्ट गर्न बाधा पु¥याउँदैन तर तीन महिनापछि भएको एडजसमेन्टको आधारमा नाफा बढेको आधारमा लाभांश प्रस्ताव गर्न पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment