Comments Add Comment

यूएईबाट एमालेमा समानुपातिक सिफारिस

उमाकान्त पाण्डे गाउंले

 अबुधावी । एमाले सम्वद्ध प्रवासी नेपाली संघ यूएईले सविधान सभा निर्वाचनमा समानुपातिक सभासदको लागि यमलाल शर्मा पगेंनी र गिरमान थापा मगरलाई सिफारिस गरेको छ ।एमाले केन्द्रीय कार्यालय बल्खुले प्रवास क्षेत्रबाट एक महिला सहित ३ जनाको नाम सिफारिस गरेर पठाउन निर्देशन दिए अनुसार उनीहरुलाई सिफारिस गरेको हो । सिफारिसमा परेका उनीहरु लामो समय देखी यूएई प्रवासमा रहेर सकृय रुपमा पार्टीको हितमा काम गरेका ब्यात्ती हुन ।

सिफारिसमा परेका पगेंनी संघका यूएई अध्यक्ष हुन भने थापा मगर नेपाल आदिवासी जनजातीको महासंघ यूएईका पुर्व अध्यक्ष हुन । पगेंनी साहित्य प्रेमी र थापा मगर यूएईमा ‘शालिन र भद्र’ नेताको रुपमा चिनिन्छन । यूएईमा कानूनी हैसियत र नेपालमा फोटो सहितको मतदाता सूचीमा नामावली भएकोले सर्वसम्मत रुपमा उनलाई सिफारिस गरिएको संघका प्रचार प्रसार बिभाग प्रमुख उत्तम अधिकारिले जानकारी दिए ।

पगेंनी स्याङ्जा र थापा मगर नवलपरासी अन्तर्गतका एमाले जिल्ला कमिटि सदस्य हुन । एमालेले यस् पटकको सविधान सभाको निर्वाचनमा प्रवास क्षेत्रबाट एक महिला सहित ३ जनाको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो । सोहिअनुसार यूएई बाट पगेंनी र थापा मगर सिफारिसमा परेका हुन । त्यस्तै बेल्जियमबाट शालिग्राम थपलिया तथा हरि भट्टराईलाई सिफारिस गरिएको छ । प्रवास क्षेत्रबाट पर्ने सिफारिसलाई केन्द्रले अध्ययन गरेर मात्र स्वीकृत गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment