+
+
Shares

जनसम्पर्क समिति स्पेनको बार्षिक साधारण सभा सम्पन्न

स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनको पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ । स्पेनको बार्सिलोना शहरमा भएको साधारण सभा संस्थाका अध्यक्ष चिन्तामणि सापकोटाको अध्यक्षता एवम् यूरो कांग्रेस उपाध्यक्ष पुष्पराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभामा निबर्तमान अध्यक्ष एक राज गिरीको अथितीमा स्पेनमा रहेका प्रजातन्त्र प्रति आस्थावान नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको बाक्लो

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २७ गते १४:२८

बेदराम कंडेल

स्पेन । नेपाली जनसम्पर्क समिति स्पेनको पहिलो बार्षिक साधारण सभा सम्पन्न भएको छ । स्पेनको बार्सिलोना शहरमा भएको साधारण सभा संस्थाका अध्यक्ष चिन्तामणि सापकोटाको अध्यक्षता एवम् यूरो कांग्रेस उपाध्यक्ष पुष्पराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभामा निबर्तमान अध्यक्ष एक राज गिरीको अथितीमा स्पेनमा रहेका प्रजातन्त्र प्रति आस्थावान नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको बाक्लो उपस्थिति थियो ।

प्रमुख अतिथिले पानसमा बत्ति बाली सभापति अतिथि तथा सम्पूर्ण महानुभाबहरुले जन नायक बिस्वे स्वर प्रादाद कोइरालाको फोटोमा पुष्प गुच्छाले माल्यार्पण गरी एक मिनेट रास्ट्रिय अनि एक मिनेट मोहन धाराणा गरी शुरु गरिएको थियो ।संस्थाका बरिष्ठ उपाध्यक्ष शालिक राम डुम्रेले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको प्रथम औपचारिक कार्यक्रम महामन्त्री बेदराम कंडेल र दोस्रो चरणको खुल्ला र बन्द सत्र सह-महामन्त्री भक्त राज भुषालले संचालन गर्नु भएको थियो ।

नेपाली जनसम्पर्क समिति स्थापनाकाल देखिकै पहिलो बार्षिक साधारण सभा भएकाले निकै प्रभावकारी रह्यो उपाध्यक्ष बिनोद ढकालले संस्थाको संसोधित बिधान उपस्थित बीच छलफल गरियो तथा जनसम्पर्क समिति स्पेनको तेस्रो महाधिबेशन भए देखि भए गरेका कामहरुको प्रतिबेदन महामन्त्रीले प्रस्तुत गर्नु भयो । कोषाध्यक्षद्वारा आर्थिक आय व्यय छलफल गरी पारित गरियो ।

मन्तब्य प्रमुख अतिथि पुष्प राज भण्डारी,अतिथि एक राज गिरी बक्ताहरु शालिक राम डुम्रे,बिनोद ढकाल,उमेश अधिकारी,बेदराम कंडेल,भक्त राज भुषाल,राम प्रसाद चालिसे, राजु थापा,बिष्णु रिजाल,दिपक सुबेदी,पदम दवाडी, अनिल गुरुङ,सन्दिप मोहन भट्टराई,सन्तोष श्रेष्ठले नेपाली जनसम्पर्क समिति स्पेनले गरेका राम्रा कामहरु तथा प्रतिबेदनमा राखिएका बुदाहरुमा आ आफ्नो भनाई राख्नु भएको थियो । केन्द्रिय पार्टी सभापति सुशील कोइराला,उपसभापति रामचन्द्र पौडेल, जनसम्पर्क प्रमुख अर्जुन प्रसाद जोशी,पुर्ब महिला परिचालन उप प्रमुख तथा तरुण दल सदस्य सिता सापकोटा,जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुबास जोशी र जनसम्पर्क समित स्पेनका सल्लाहाकार जगन्नाथ दादाकतेरीले पठाएको साधारण सभा सफलताको शुभकामना सह-महामन्त्री भक्त राज भुषालले सुनाउनु भएको थियो ।

२ सेप्टेम्बर २०१३का स्पेनमा रहेका राजनीतिक दलहरुका भात्री संगठन ,जातीय,क्षेत्रीय ब्यबसायिक बिद्यार्थी ,संचारकर्मी तथा सामाजिक संघ सस्थाहरुको उपस्थितिमा बि पी भलिबल कप प्रतियोगिता सम्पन्न गरियको थियो प्रमुख अतिथि सभापति र अतिथि दुवारा खेल बिजेता गल्कोट समाज स्पेन र उपविजेता नेपाल वेलफेर सोसाइटीलाई प्रथम पुरुस्कार नगद ३५१यूरो,कप,मेडल,प्रमाण पत्र भने दितीय पुरस्कार नगद २०१ यूरो,कप,मेडल र प्रमाण पत्रले पुरस्कृत गरियो भने अनुशाशित विकल प्रताप शिह लाई कप मेडल र प्रमाण पत्र,उत्कृत खेलाडी मनराज गुरुङ लाई कप मेडल र प्रमाण पत्र तथा सहभागी संघ सस्था तथा सहयोगीहरुलाई प्रमाण पत्रले सम्मान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?