Comments Add Comment

चुनाव सार्न चार दल तयार, बैद्यको जोड सरकार परिर्वतनमा

३० भदौ, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई समेट्न प्रमुख दलहरुले संविधानसभा चुनाव मंसिर अन्तिममा चुनाव सार्न सकारात्मक भएका छन् । तर, बैद्य माओवादीले सरकार परिर्वतनको अडान नछाडेपछि आइतबार कुनै सहमति हुन सकेन ।
राष्ट्रपतिको आहृवानमा शीतल निवासमा भएको बसेको सर्वदलीय बैठकमा माओवादीको चारबुँदे मागबारे छलफल भएको थियो । नेताहरुले दुई चरणमा आफ्नो कुरा राखेपछि शीतल निवासमै उच्चस्तरीय राजनीतिक समितिको बैठक बसेको थियो भने राजनीतिक समितिले माओवादी अध्यक्ष मोहन बैद्य किरणसँग वार्ता गरेको थियो ।
स्रोतका अनुसार प्रमुख दलहरु मंसिर ४ को चुनाव केही दिन सार्न, संविधानको अन्तरवस्तुमा सहमति खोज्न र उम्मेदवारी दर्ता प्रक्रिया दशैंपछि सार्न तयार भएका छन् । तर, बैद्य माओवादीले सरकार परिर्वतनको अडान नछाडेकाले कुनै सहमति हुन नसकेको एक नेताले अनलाइनखवरलाई बताए । ‘चुनावको मितिभन्दा पनि माओवादीले सरकारमा जोड दिएको छ’ एक नेताले भने-‘बैद्यजीहरुले सरकार परिर्वतनको अडान छाड्नु भएन ।’ बैद्य माओवादीले प्रधानन्यायाधीशबाट राजीनामा दिए दलीय सरकारको नेतृत्व रेग्मी स्वयंमले गर्न सक्ने बताएको छ ।
बैद्य माओवादीले सरकार परिर्वतनको अडान नछाडेपछि भोलि फेरि राजनीतिक समिति र माओवादीबीच वार्ता गर्ने र लगतै सर्वदलीय बैठक बस्ने सहमति भएको छ । उक्त सहमतिअनुसार भोलि फेरि वार्तामा बस्ने र सहमति खोज्ने राष्ट्रपतिसहित दलहरुलाई जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment