Comments Add Comment

कीर्ते गरेर श्रीमतीलाई शिक्षक नियुक्ति गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा

४ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा आफ्नी श्रीमतीलाई प्राविस्तरको राहत शिक्षकमा नियुक्ति गर्ने एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रौतहटको निमावि मोतियाहीका तत्कालिन प्रधानाध्यापक रमेश तिवारीले आफू कृषक समूह प्राविमा कार्यरत रहँदा कीर्ते सहीछाप प्रयोग गरेर श्रीमती ललिता तिवारीलाई राहत शिक्षक नियुक्ति गरी सरकारलाई २ लाख ५६ हजार रुपैयाँ नोक्शान गरेको भन्दै अख्तियारले श्रीमान श्रीमतीविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ललिताले विद्यालयमा हाजिर नभई २०६३ असार १२ गतेदेखि २०६६ भदौ १२ गतेसम्मको २ लाख ५६ हजार रुपैयाँ तलब बुझेको अख्तियारले जनाएको छ ।

रमेश तिवारीले कीर्ते दस्तखत गरी शिक्षक पदपूर्तिको सूचना प्रकाशन गर्नेदेखि नियुक्तिसम्मका विभिन्न निर्णय गरेको र गलत कागजात तयार गरी जिल्ला शिक्षा कार्यालयमा पत्राचार गरी श्रीमती ललितालाई गैरकानूनी रुपमा प्रावि तहको राहत अनुदान कोटाको शिक्षक नियुक्त गरेको अख्तियारको दावी छ ।

अख्तियारले ललिताले विद्यालयमा हाजिर नभई २ लाख ५६ हजार रकम लिएर सरकारी सम्पत्तिको हानी नोक्शानी गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीबाट उक्त रकम असुल उपर गर्न पनि माग गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment