+
+
Shares

अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १३:५३
सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठक .

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य रहेको सचिव नारायण शर्मा दुवाडीले सार्वजनिक लेखा समितिको बैठकमा जानकारी दिए।
  • सचिव दुवाडीले कानुनको परिपालना गर्दा बेरुजु नआएको र बेरुजु भ्रष्टाचारको सुरुवात हुन सक्ने बताए।
  • बेरुजु फर्छ्योट गर्न कानुनको परिपालना, व्यवस्थित लेखा प्रणाली र स्पष्ट कारबाही आवश्यक रहेको उनले बताए।

१२ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ ।

प्रत्येक वर्ष ठूलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शून्य देखिएको हो ।

सोमबार सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण शर्मा दुवाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अहिलेसम्म बेरुजु कुनै पनि नरहेको जानकारी दिए ।

उनले कानुनको परिपालना गरेर कार्यसम्पादन गर्ने हो भने कुनै पनि बेरुजु नरहने बताए ।

सचिव दुवाडीले भने, ‘कानुनअनुसार काम गरेकै कारण बेरुजु नआएको हो । इमान्दारीतापूर्वक कानुनको परिपालना गरौं । बेरुजु रहन्न । निकायहरूमा अहिले धेरै बेरुजु देखिने गरेको छ । सबै बेरुजु भ्रष्टाचार नभएपनि  बेरुजु एक भ्रष्टाचारको सुरुवात हो । कतिपय बेरुजु भ्रष्टाचारमा परिणत भएका छन । अख्तियार समेत आकर्षित हुने गरेको छ ।’

उनका अनुसार बेरुजु फर्छ्योट गर्न कानुनको परिपालना गर्नैपर्छ भने व्यवस्थित लेखा प्रणाली नहुनु पनि बेरुजु बढ्नुको एक कारण हो ।

कमजोर कारबाही प्रणाली, बेरुजु फर्छ्योट गर्ने दायित्व कसको हो भन्नेबारे दुविधा रहनु, बारम्बार कर्मचारी परिवर्तनले पनि फछ्र्यौटमा समस्या पारेको उनको भनाइ छ ।

सचिव दुवाडीकाअनुसार औचित्य पुष्टि नहुने गरी अनेक शीर्षकमा बजेटमा राखिने भएकाले पनि बेरुजु बढेको हो ।

बेरुजु फर्छ्योट शासकीय इस्यू भएकाले पनि शून्य बेरुजु कायम गर्नेगरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?