Comments Add Comment

एनआरएन यूएईको अध्यक्षमा भुसाल

 उमाकान्त पाण्डे ‘गाउंले’
अबुधवी । गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वयब परिषद (एनआरएन) यूएईको  पाँचौ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले कृष्ण प्रसाद भुसालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।   नव गठित कार्यसमितिको उपाध्यक्षत्रयमा बिकास अधिकारी,कपिल खड्का र सुदिप कार्की रहेका छन् । त्यस्तै महासचिवमा गोपाल कंडेल, सचिवद्वयमा लेखनाथ न्यौपाने र रविरमण अधिकारी चुनिएका छन् भने कोषाध्यक्षमा दधिराम पाठक निर्वाचित भएका छन् । 1
शुक्रबार स्विट इम्पेरियल होटल बरदुबईमा सम्पन्न सघंको पाँचौ महाधिवेशनले युवा संजाल प्रतिनिधिमा रुन्चे गायकको रुपमा चर्चा बटुलेका गायक प्रकाश पौडेललाई चुनेको छ । गठित कार्यसमितिका सदस्यहरुमा हरिशरण केसी, रामकुमार ढुंगेल, ऋशिराम बस्याल, मोहमद नोमन सिद्दिकी, शंकर प्रसाद न्यौपाने ,राजुराज फुयाल,प्रदिप थापा , पुरुषोत्तम सुबेदी ,यम बहादुर थापा ,पुष्प कार्की र गोपाल शर्मा छन् ।
अध्यक्षमा निर्वाचित भुसाल यस् अघिको कार्य समितिमा उपाध्यक्ष थिए ।  उपाध्यक्षमा निर्वाचित बिकास अधिकारि यस् अघिको कार्य समितिमा पनि उपाध्यक्ष थिए । उनी आबुधाबीको स्थानिय सुरुक्षा सेक्युरिटी प्रबर्दन गर्ने कम्पनीको उच्च पदमा कार्यरत छन । त्यस्तै अर्का उपाध्यक्ष कपिल खड्का यस् अघिल्लो कार्य समितिमा कोषाध्यक्ष थिए । अर्का उपाध्यक्ष सुदिप कार्की एनआरएन यूएई अन्तर्गत रसअलखेमा क्षेत्रमा संलग्न थिए । 2
त्यस्तै महाधिवेशनले एनआरएन अन्तर्राष्ट्रिय समन्वय  परिषद सदस्यमा यूएईबाट मोहन शर्मालाई चयन गरेको छ ।  गठित कार्य समितिका अबै पदाधिकारी निर्वीरोध निर्वाचित भएका हुन् । महाधिवेशन मार्फत नयाँ नेतृत्वका लागि निर्वाचन समिति गठन गरेर प्रजातान्त्रिक ब्यबस्था गरिए पनि उम्मेदवार दिएका धेरैले सहमतिका लागि भन्दै आ-आफ्नो उम्मेदवार फिर्ता लिएपछि सहमतिको ‘वातावारण’ तयार भएको हो । निर्वाचनका लागि पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष अर्जुन दाहालको सम्योजकत्वमा गठित समितिले काम गरेको थियो  ।   3
‘महाधिवेशन उद्घघाटन कार्यक्रममा युएइका लागि नेपाली राजदुत धनन्जय झाको प्रमुख आतिथ्यता , तथा सघंका यूएई अध्यक्ष चन्द्र बहादुर रोकाहाको अध्यक्षथामा सम्पन्न कार्यक्रममा एनआरएन आइसीसीका महासचिव तेन्जी शेर्पा, सचिव टिबी कार्की,मध्यपूर्व संयोजक नरेन्द्र भाट ,मध्यपूर्व सह-संयोजक लोकनाथ सुबेदी , एन्आरएन ओमानका अध्यक्ष डीबी क्षेत्री , एन्आरएन युएइका संस्थापक अधक्ष्य तथा मध्यपुर्बका पुर्व अध्यक्ष सिपि सापकोटा, आइसीसी सदस्य बिमल तमाङ, नेपाली समाजका यूएईका अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्की,जनसम्पर्क समितिका चित्र केसी, नेपाली जनजाती महासंघका अधक्ष डेर राज गुरुङ, प्रत्रकार महासघं यूएई शाखाका निमेष गिरि, गोर्खा सेवा समाजका सुरेश ढकाल, प्रबासी नेपाली संघका अध्यक्ष यमलाल पंगेनी, जनप्रगती शिल मन्चका हेमन्त पौडेल लगायतका बक्ताहरुले अधिबेसनको सफलताको कामना गर्दै मन्तब्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment