Comments Add Comment

नेपाली पर्दामा मेसी, संवादले बोल्छ ‘तेरो बाउले पनि यसरी नै पिट्थे'(भिडियो)

साफ फुटबलबाट नेपालले आशा गरे अनुसारको नतिजा निकाल्न नसकेपछि धेरै नेपाली निराश भए । तर नेपालीहरुको फुटबल प्रतिको क्रेज पनि यो बर्ष नेपालमा आयोजना भएको साफ फुटबलले देखाइदियो ।world-cup-in-nepalतर रीयल लाइफमा फुटबल खेलबाट निराश भएका नेपालीहरुले रील लाइफमा भने यसको मज्जा लिन पाउने भएका छन् । रामशरण पाठकले निर्देशन गरेको चलचित्र ‘वल्र्ड कप इन नेपाल’ले यस्तै कथा बोलेको छ ।

दुर्गम जिल्लामा पेले र म्यारोडेना खोज्ने काम यो सिनेमाले गरेको छ । प्रकाश थापाको निर्माणमा तयार भएको यो सिनेमामा उमेश थापा, सागर लामा, सुजन तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । यो सिनेमाको भारत, जर्मनी र इजरायलमा आयोजना भएका विभिन्न फिल्म फेष्टिबलहरुमा प्रदर्शन गरिसकिएको छ ।

चलचित्रमा दुगर्म गाउँमा हुर्किएका बालकहरुको विश्वकप खेल्ने चाहना देखाउन खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment